हङकङ प्रिमियर रुचाइयो ‘दयारानी’

हङकङ प्रिमियर रुचाइयो ‘दयारानी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई र दीया पुन स्टारर सिनेमा ‘दयारानी’को हङकङमा भव्य प्रिमियर सम्पन्न भएको छ । युङलुङ थिएटर हलमा सम्पन्न प्रिमियरमा ८०० जना भन्दा बढी दर्शकको उपस्थिती रहेको आयोजक संस्थाले बताएको छ । प्रिमियरबाट ‘दयारानी’लाई सकारात्मक प्रतिक्रिया मिलेको छ । सिनेमा आगामी साउन ३० गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।गरिब तथा असहाय विद्यायार्थीहरुको सहयोगार्थ आयोजाना गरिएको सिनेमाको प्रिमियरमा शोमा सहभागी हुनका लागि सिनेमाका लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेता दयाहाङ राई, अभिनेत्री दिया पुन, कलाकारद्धय पुष्कर गुरुङ, डिबी गुरुङ लगायत हङकङ पुगेका थिए ।सामाजिक कथावस्तुमा आधारित सिनेमालाई हङकङमा रहेका ब्यवसायी मोहन (टिला) गुरुङसंगै किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुसीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन प्रकाश गुरुङले संयुक्तरुपमा निर्माण गरेका हुन् । सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मस्को संयुक्त व्यानरमा निर्माण भएको सिनेमामा बिजय बराल, प्रमिश गुरुङ, शिरिसा कँुवर, नयन गुरुङ, कृष्टि गुरुङ लगायतका कलाकारको समेत अभिनय रहेको छ ।