महँगो मुल्यमा विक्री भयो ‘छ माया छपक्कै’को विदेश राइट्स

महँगो मुल्यमा विक्री भयो ‘छ माया छपक्कै’को विदेश राइट्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सिनेमा ‘छ माया छपक्कै’को पहिलो सेड्युलको छायाँकन सकिएको छ । छायाँकन सकिएसँगै यो टिमले निर्माण गरेको सिनेमा ‘छ माया छपक्कै’को ओभरसिज राइट्स महँगो मुल्यमा विक्री भएको छ । निशान बजगाईंले सिनेमाको विदेश राइट्स १ करोड १६ लाखमा खरिद गरेका छन् ।अब, विदेशमा यो सिनेमा प्रदर्शन गर्न चाहनेले निशानसँग सम्पर्क गर्नुपर्ने छ । ‘छ माया छपक्कै’ को एक गीतबाहेक बाँकी छायांकन लगभग सकिएको छ । केही दिनमा लोक शैलीको एक गीत राजधानीमा खिच्ने तयारीमा निर्माण टिम छ । सिनेमाका निर्देशक दीपेन्द्र लामा हुन् । उनलाई दीपाश्री निरौलाले सघाएकी छन् । यो सिनेमाले दशैंमा अशोक शर्माको सिनेमा ’रातो टिका निधारमा’ सँग बक्सअफिसमा प्रतिस्पर्धा गर्दैछ ।सिनेमामा कलाकार दीपकराज गिरीसँग अभिनेत्री केकी अधिकारीको जोडी बाँधिएको छ । केदार घिमिरे, जितु नेपाल, पैकाश घिमिरे, पुष्कर गुरुङ, सुपुष्पा भट्टलगायतका कलाकारहरुको पनि सिनेमामा मुख्य भुमिका रहेको छ । सिनेमाले ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित छ । दीपक र दीपाको समुहले मुनाफाको ५० प्रतिशत लिने सर्तमा यो सिनेमा गरेको हो । सिनेमाका शोलो निर्माता रोहित अधिकारी हुन् । हरि हुमागाइँले सिनेमा छायाँकनको जिम्मेवारी सम्हालेका छन् ।