बोल्ड एण्ड ब्युटीफुल गीत अर्थात क्रिष्टिना (फोटो फिचर)

बोल्ड एण्ड ब्युटीफुल गीत अर्थात क्रिष्टिना (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘प्रेमगीत ३’को मुख्य भुमिकामा अनुबन्धित भएसँगै क्रिष्टिना गुरुङ चर्चा अहिले सिनेमा बजारमा निकै भैरहेको छ । २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा अनुबन्ध भएका कारण पनि क्रिष्टिना गुरुङ खड्काको चर्चा निकै बढेको हो । अधिकांश दर्शकको एउटै कौतुहलता रहेको पाइन्छ । उनको सुन्दरताले धेरैलाई लोभ्याएको छ । के क्रिष्टिना गीतको कारेक्टरमा उत्कृष्ट बन्न सक्लिन ? भन्ने चासो दर्शकमाझ छ । यस सिनेमामा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । क्रिस्टिना भने आफूले प्रदीप भएका कारण ‘प्रेमगीत ३’ का लागि आवेदन नदिएको बताउँछिन् ।प्लस टुसम्मको अध्ययन नेपालमा नै सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दैछिन् । क्रिस्टिना ‘प्रेमगीत ३’ पछि नेपाली सिनेमालाई निरन्तरता दिने सोचमा छिन् । क्रिष्टिना भन्छिन्, ‘म आफ्नो तर्फबाट उत्कृष्ट काम गर्न कुनै कसर छाड्दिनँ । दर्शकको अपेक्षालाई पुरा गर्ने प्रयास छु । तर, दर्शकको अपेक्षा पूरा गर्न कति सफल हुनेछु त्यो त भोलीका दिनमा थाहा हुने नै छ ।’‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले सिनेमाको कथा तयार पारेका छन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली सिनेमा क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । सिनेमामा प्रदीप र क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।