‘हेरिटेज अफ फेसन नेपाल’को शो स्टपर प्रशान्त र शित्तल

‘हेरिटेज अफ फेसन नेपाल’को शो स्टपर प्रशान्त र शित्तल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी अगष्ठ २ तारिखका दिन पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’को आयोजना हुने भएको छ । पोखराका अलवा यो कार्यक्रमको अष्ट्रेलियामा समेट आयोजना हुने मंगलबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइयो । एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरु ¥याम्प नाप्नेछन् । नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरुले तयार पारेका पहिरनमा मोडलहरु स्टेजमा हिड्ने आयोजकले जनाएको छ ।

यो कार्यक्रममा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहनेछन् । यस्तै, ‘कर्पोरेट क्विन २०१९’ शित्तल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुनेछिन् । यस्तै, कार्यक्रममा गायिका मिलन नेवार र प्राप्ती तुलाचनले आफ्नो प्रस्तुति दिनेछन् । शोको कोरियोग्राफर मुस्कान रानी हुन् । यस्तै, गायक धिरज राइले पनि कार्यक्रममा सहभागीता जनाउनेछन् ।आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै आयोजना गर्न लागेको बताएको छ । यस्तै, नेपालका हेरिटेजहरुको प्रमोशनमा पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश हुनेछ ।