‘सानो मन’को शिर्ष गीत गाउनेलाई गीत रेकर्ड गर्ने अवसर

‘सानो मन’को शिर्ष गीत गाउनेलाई गीत रेकर्ड गर्ने अवसर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय प्रदर्शनको तयारीमा रहेका सिनेमाले प्रचार प्रसारमा नयाँ नयाँ फण्डा अपनाइ रहेका छन् । ती फण्डाले केही सिनेमालाई राम्रै फाइदा मिलेको छ । भने, केही सिनेमालाई यस्ता प्रचार फण्डाको प्रभाव न्युन रहेको पाइन्छ । यस्तैमा आगामी असार २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सानो मन’ निर्माण टिमले एक कन्टेस्टको घोषणा गरेको छ ।यस सिनेमाको शिर्ष गीत गाएको भिडियो पठाउने मध्ये उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउने अवसर पाउनेछन् भने उक्त गीतको भिडियो पनि ‘सानो मन’ टीमले निर्माण गर्नेछ । निर्णायकमा गायक क्षेत्री स्वयं छन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो कन्टेस्टको घोषणा गरिएको निर्माण टिमले बताईएको छ । ‘सानो मन’ टीमले प्रचार-प्रसारलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी राखेको छैन । टीमले राजधानीदेखि मोफसलसम्म सिनेमाको प्रचार भ्याइसकेको छ ।

https://youtu.be/IViF_GvPZz8

यसैबीच गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको छ । सिनेमाको शिर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ । सुयोग सोताङ्गले संगीत भरेका छन् । युट्युबमा यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् । यो सिनेमामा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर सानो मन सम्पादन गरेका हुन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सिनेमा निर्माण भएको हो । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लाले छायांकन गरेका छन् । यस सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।