आइफाबारे दिपकराज गिरीले भने, ‘पैसा बचेर मात्रै हुन्न, प्रतिष्ठा पनि बच्नुपर्छ’

आइफाबारे दिपकराज गिरीले भने, ‘पैसा बचेर मात्रै हुन्न, प्रतिष्ठा पनि बच्नुपर्छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स – झण्डै एक हप्तादेखि आइफा अवार्डले  नेपाल राम्रैसँग तात्यो । कलाकार, नागरिक, व्यवसायी, राजनितीज्ञ देखि हरेकलाई यो अवार्डले राम्रैसँग  छोयो  धेरै चलचित्रकर्मीहरुले सरकारले आयोजना गर्नु हुँदैन भन्ने किसिमको विचार दिइरहेका थिए, । किनभने, नेपाल सरकार आफै खर्च गरेर भारतको प्रतिष्ठित अवार्ड ‘आइफा’ गर्न लागेको थियो । सोहि बिषयले निम्त्याएको विवाद अहिले भने टुंगिएको छ ।

हिजो मात्रै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशिले विवाद बढेसँगै अवार्ड  नहुने जनाएका थिए । तत्पस्चात विभिन्न विषयमा सामाजिक सन्जालबाट गहिरो अभिव्यक्ती दिने कलाकार दिपकराज गिरीले आइफा अवार्ड आयोजना नगरेर पैसा बचेको भएता पनि यसले अन्तराष्ट्रिय स्तरमा भने नराम्रो सन्देश गएको बताएका छन् ।

उनले भने, ‘पैसा त बच्यो तर अन्तराष्ट्रिय स्तरका कुनै पनि ठूला कार्यक्रम गर्न नसक्ने देश भनेर पनि प्रचारित हुदैछ कि ?’ यस्ता ठूला कार्यक्रमहरू लगातार धेरै पटक स्थगित भैरहेको बताउँदै उनले भने, ‘यसले पनि नराम्रो संदेश चाहि गैरहेको छ, पैसा मात्रै बचेर हुदैन, प्रतिष्ठा पनि बच्नु पर्छ ।