शाहिदको ‘कबिर सिंह’ले १३ दिनमै कमायो दुई सय करोड

शाहिदको ‘कबिर सिंह’ले १३ दिनमै कमायो दुई सय करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाहिद कपुर र कियारा आडवाणी स्टारर सिनेमा ‘कबिर सिंह’ले दोस्रो सातामा पनि बक्सअफिस रफ्तारलाई कायम राखेको छ । सिनेमा प्रदर्शनको तेह्रौं दिनसम्म ’कबीर सिंह’ले दुई सय छ करोड भारू कमाएको छ । योसँगै ’कबीर सिंह’ यस वर्ष सबभन्दा छिटो दुई सय करोड कमाउने पहिलो सिनेमा बनेको छ ।

सिनेमा ’कबीर सिंह’ले सलमान खानको ’भारत’ र विक्की कौशलको ’उरी’ लाई समेत पछि पारेको हो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार कबीर सिंहले १३ औं दिनमा दुई सय कमाउँदा ’भारत’ले १४ औं दिन र ’उरी’ले २८ औं दिनमा दुई सय करोड कमाएका थिए ।’कबीर सिंह’ यो वर्षमै सबभन्दा धेरै ’ओपनिङ’ गर्ने दोस्रो सिनेमाको सुचिमा समावेश भएको छ । यो बक्सअफिस कलेक्सनसँगै ’कबीर सिंह’ शाहिदको पहिलो सोलो हिट सिनेमा बनेको छ । साथै सिनेमा यो वर्षकै ’नम्बर एक हिट’ सावित भएको छ । अहिलेसम्मको तथ्यांकअनुसार यो वर्ष सबभन्दा धेरै कमाउने सिनेमा ’उरी’ हो । यसले दुई सय ४६ करोड भारूका हाराहारी बक्सअफिस कलेक्सन गरेको छ । तर ’कबीर सिंह’को रफ्तार हेर्दा उरीलाई सजिलै पछि पार्ने देखिन्छ ।धेरै वर्षदेखि बलिउडमा सक्रिय शाहिदका लागि कबिर सिंह ’टर्निङ प्वाइन्ट’ बनेको छ । शाहिद अभिनित ’हैदर, कमिने, उड्ता पञ्जाब’ जस्ता सिनेमामा अभिनयको खुबै तारिफ भए पनि व्यवसायिक रूपमा सुपरहिट हुन सकेका थिएनन । ’कबीर सिंह’ तेलेगु सिनेमा ’अर्जुन रेड्डी’को आधिकारिक हिन्दी ’रिमेक’ हो । सिनेमालाई सन्दीप वांगा रेड्डीले निर्देशन गरेका हुन् ।