लमजुङमा ‘स्मार्ट सिनेमा सिटी’ निर्माण हुने

लमजुङमा ‘स्मार्ट सिनेमा सिटी’ निर्माण हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा पहिलो पटक ५ अर्ब ९० करोडको लागतमा ठुलो अन्तर्ष्ट्रिय स्तरको ‘स्मार्ट सिनेमा सिटी’ निर्माण हुने भएको छ । ’स्मार्ट सिनेमा सिटी’ निर्माणका लागि बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । विदेशी कम्पनीसँग मिलेर नेपालमा ‘स्मार्ट फिल्म सिटी’ निर्माण गर्न लागेका स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले बताए ।नेपाल सरकारले काठमाडौं उपत्यकामा सुविधा सम्पन्न इन्डोर सिनेमा स्टुडियो निर्माण गर्ने तयारी गरिरहँदा नीजि क्षेत्रको लगानीमा लमजुङमा निकै ठूलो लागतमा सिनेमा सिटी निर्माण हुने भएको हो । सिनेमा सिटीको नाम ’वर्ल्ड स्काई सिने भिलेन नेपाल’ जुराइएको छ । चाँडै सिनेमा सिटीको डिपिआरको काम हुने सम्झौता कार्यक्रममा वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले जानकारी दिए । यो सिनेमा सिटीको निर्माण ५ देखि ७ वर्षमा पूरा हुने अनुमान गरिएको छ ।समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाईमा यो सिनेमा सिटी निर्माण हुन लागेको हो । उक्त सिनेमा सिटी संसारकै सबैभन्दा अग्लो ठाउँको सिनेमा सिटीका रुपमा स्थापित हुने अध्यक्ष अधिकारीको भनाई छ । लमजुङको बेसीसहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ को ५ हजार रोपनीमा सिनेमा सिटी निर्माण हुनेछ । निर्माता तथा निर्देशक समेत रहेका अधिकारीले ’वर्ल्ड स्काई सिने भिलेन नेपाल’ ले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।