काठमाडौंमा स्पाइडर-म्यान प्रिमियर : फोटो फिचर

काठमाडौंमा स्पाइडर-म्यान प्रिमियर : फोटो फिचर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –रिलिज पूर्वसन्धयामा हलिउड फिल्म ‘स्पाइर म्यान : फार फ्रम होम’को प्रिमियर काठमाण्डौंमा गरियो । सेलेव्रिटी, व्यवसायी, मिडिया र फ्यान सहभागि प्रिमियरलाई सोनी पिक्चर्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेका थिए ।

जोन वाट्स निर्देशित सुपरहिरो फिल्म शुक्रबारदेखि नेपाली हलहरुमा रिलिज हुँदैछ । ‘एभेन्जर्स : एन्ड गेम’को कारणले पनि स्पाइडर म्यानको नयाँ श्रृंखला प्रतीक्षित थियो ।

टम हल्यान्ड, स्यामुअल एल ज्याक्सन, जेनेड्या, ज्याक गिलेनहाल अभिनित फिल्म मार्भल सिनेम्याटिक युनिभर्सको २३ औं सिनेमा हो । पश्चिमा क्रिटिक्सले यसलाई सन्तुष्टि दिलाउने सिक्वेल र रमाइलो खुराक भन्दै प्रशंसा गरेका छन् ।

स्पाइडर म्यान पात्रलाई नेपाली दर्शकले सुरुआतदेखि नै माया गर्ने क्यूएफएक्स एवं एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले बताए । उनले हलिउड क्यारेक्टरको प्रभाव नेपाली अडिएन्समा गहिरो रुपमा रहेको जनाए । प्रिमियरमा समेत मार्भलले उपलब्ध गराएको कस्ट्युममा एप्पलले स्पाइडर म्यान प्रस्तुत गरेको थियो ।