‘आप्पा’लाई भारतका २५ शहरको ४५ हलमा ९० शोज्

‘आप्पा’लाई भारतका २५ शहरको ४५ हलमा ९० शोज्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘आप्पा’ यो शुक्रबारबाट भारतका विभिन्न २५ बढि शहरमा रिलिज भएको छ । ‘आप्पा’ले भारका २५ शहरका ४५ हलमा ९० शो पाएको निर्देशक अनमोल गुरुङले बताए । नेपाल प्रदर्शकबाट मिश्रित प्रतिक्रिया पाएको सिनेमालाई भारतमा बसोबास गर्ने नेपाली भाषी दर्शकलाई ‘आप्पा’ निकै प्रतिक्षामा रहेको छ । यसैले पनि सिनेमाले भारतमा दर्शकको राम्रो साथ पाउने विश्वास निर्देशक गुरुङलाई छ ।

निर्देशक गुरुङका अनुसार ‘आप्पा’ले नेपालमा गरेको व्यापारले आफु निकै सन्तुष्ट रहेको बताए । यो साता नेपाली सिनेमा हलमा कुनैपनि नेपाली सिनेमा प्रदर्शनमा नआउनुको फाइदा ‘आप्पा’लाई हुनेछ । यस्तै, आजबाट भारतका विभिन्न सिनेमा घरमा पहिलो पटक नेपाली सिनेमा प्रदर्शन हुँदैछ । यसैले पनि निर्देशक गुरुङ निकै खुशी छन् ।उनले भने – ‘आप्पा प्रदर्शनको लागी अहिले नेट फिलिक्ससँग पनि कुरा भैरहेको खुलाए ।’

नेट फिलिक्ससँग कुरा मिलेको खण्डमा ‘आप्पा’लाई आर्थिक रुपमा पनि निकै फाइदा हुनेछ । पहिलो पटक नेपाली सिनेमालाई १ सय ४० बढि देशका दर्शकले सिमित पैसा तिरेर हेर्न पाउनेछन् । नेट फिलिक्सले ‘आप्पा’ किनेको खण्डमा नेपाली सिनेमा निर्माताका लागी अन्तराष्ट्रिय बजारमा ढोका खोल्ने काम अनमोलले गर्नेछन् ।बाबु छोराको सम्बन्धको कथा बोल्ने सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ ।सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।