‘कमेडी च्याम्पिएन’ रियालिटी शो निर्माण गर्दै विशाल र केकी

‘कमेडी च्याम्पिएन’ रियालिटी शो निर्माण गर्दै विशाल र केकी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक विशाल भण्डारीले पहिलो पटक नेपालमा स्ट्याण्डप कमेडी रियालिटी शोको आयोजना गर्ने भएका छन् । अडिसनको तयारीमा रहेको यो कमेडी रियालिटी शोको बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच घोषणा गरिएको हो । ‘कमेडी च्याम्पिएन’ नाम दिइएको यो रियालिटी शो कान्तिपुर टेलिभिजनबाट आगमी गाईजात्राको अवसर पारेर प्रशारण सुभारम्भ गरिनेछ । यो कार्यक्रममा नेपाल आइडल सिजन एक र दुईकी कार्यक्रम सञ्चालिका रिमा विश्वाकर्माले उद्घोषणको जिम्मेबारी सम्हाल्ने छिन् ।अभिनेत्री केकी अधिकारी, सृजा थपलिया र राज घिमिरेको लगानीमा निर्माण हुने रियालिटी शोमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराईलाई निर्णायक मण्डलमा राखिएको छ । निर्देशक विशाल भण्डारीले ‘कमेडी च्याम्पिएन’ कुनै पनि विदेशी कार्यक्रमको फ्रन्चाईज नभएको दाबी गरे ।

यस कार्यक्रममा सहभागितामा भाग लिन चाहने दर्शकले गुगलको प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गरि सकेपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्ने छ ।’ यिनै भिडियोलाई हेरेर निर्णयकले चयन गरेका उत्कृष्ट प्रतिस्प्रर्धीले विभिन्न शहरमा आयोजना हुने कमेडी च्यम्पिएनसिपको अडिसन भाग लिन पाउने छन् ।अडिसनबाट चयन भएकाहरु मध्य उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने कार्यक्रम निर्देशक तथा आयोजक भण्डारीले बताए । उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबरको कार र २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।