सिनेमामा छानिएपछि सुरुमा पत्याउनै गाह्रो भो : क्रिस्टिना

सिनेमामा छानिएपछि सुरुमा पत्याउनै गाह्रो भो : क्रिस्टिना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – २७ सय १४ जना युवतीहरुलाई पछि पारेर सिनेमा ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीको रुपमा छानिएकी हुन्, क्रिस्टिना गुरुङ । सिनेमामा खेल्न पाउँदा उनि जति खुसी छिन्, उति धेरै खुसी यसकारण पनि छिन् कि, राम्रो ब्यानरबाट सिनेमामा इन्ट्रि हुन पाएकी छिन् । सिनेमाको सुटिङ नहुँदै चर्चामा रहेको यो सिनेमामा उनले प्रेमकी प्रेमीका अर्थात गीत बनेर काम गर्न पाउँने छिन् । उनै अभिनेत्री क्रिस्टनासँग द सिनेमा टाइम्सले गरेको छोटो कुराकानी ।

सर्वप्रथम वधाई तथा सुभकामना, सिनेमामा छानिएपछि कस्तो लाग्दैछ ?

म निकै खुसी छु । सिनेमामा छानिएपछि अब कसरी उत्कृष्ट काम गर्ने भन्ने विषयमा ध्यान दिएकी छु । एउटा राम्रो ब्यानरदेखि सिनेमामा काम सुरु गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो, भाग्यले यो सिनेमाबाट इन्ट्रि गराएको छ ।

कसरी यो सिनेमाको अडिसनसम्म आउनुभयो ?

‘प्रेम गीत ३’ मा हिरोइनको अडिसनका लागि आवेदन खुलेको थाहा पाएकी थिएँ । सायद दुई महिना अगाडिको कुरा होला, त्यतिबेला म अमेरिका थिएँ । संयोगले त्यतिबेला म एक महिना बिदामा नेपाल आउँदै थिएँ । त्यसै क्रममा मैले फेसबुकबाट ‘प्रेम गीत ३’ मा हिरोइन बन्ने अवसर जस्ता शिर्षकका समाचारले ध्यान तान्यो । र, तुरुन्तै मैले पनि अडिसनका लागी आवेदन दिएँ ।

अडिसनमा छानिएको कसरी थाहा पाउनुभयो ?

मलाई सिनेमाका निर्माता तथा निर्देशक सन्तोष सेन सरले फोन गरेर वधाई दिनुभयो । अनि खुसीको सिमानै रहेन ।

हिरोइन हुने रहर सानैदेखिको हो कि पछि मन गएको हो ?

हिरोइन बन्ने सानैदेखिको रहर हो । तर, सिनेमामा यस्तो किसिमको अडिसन मार्फत पनि छनोट हुन्छु भन्ने सोचेकै थिइन ।

धेरै प्रतिस्पर्धीलाई पछि पारेर तपाई गीत पात्रका लागि छानिनुभएको छ, निकै चुनौतीको भुमिमा टेक्नुभएको छ थाहा छ नि ?

निकै राम्रो प्रश्न गर्नुभयो । मेरा प्रतिस्पर्धी झण्डैं २५ जना तथा यसअघिका गीतहरुभन्दा राम्रो काम गर्न सक्छु कि सक्दिन भन्ने कुरा चासोको रुपमा हेर्न सक्नुहुन्छ । तर, मैले अहिले स्क्रिप्ट पढिरहेकी छु । निकै जोखिमपुर्ण र चुनौतीपुर्ण रुपमा काम गर्दैछु । एउटा पुरानो तर उत्कृष्ट लभ स्टोरी सिनेमामा काम गर्दैछु । जति सक्छु खटेर काम गर्ने प्रण गरेकी छु ।

तपाईले आफ्नो प्रेम (प्रदीप खड्का) लाई भेट्नुभएको छ ?

अहिलेसम्म प्रदीप सरसँग भेट र कुराकानी भएको छैन । उहाँ देश बाहिर भएकाले भेट हुन पाएको छैन । उहाँ मेरो मनपर्ने हिरो हो, ।

अहिले सिनेमाको वर्कशपमा हुनुहुन्छ कि स्क्रिप्ट मात्रै पढिरहनुभएको छ ?

सिनेमाका लागि ‘हर्ष राइडिङ’ को प्रशिक्षण चलिरहेको छ । अरु वर्कशपको काम हुन वाँकी छ ।

अमेरिकामा बसेर के गर्दै हुनुहुन्थ्यो ?

विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएकी छु । बाल्टिमोरमा बसेर आइटी बिषयमा स्नातक गरिरहेकी छु । अब सिनेमाको छायांकन सकेपछि मात्र अमेरिका फर्कने र पढाई सकेर नेपाल फर्किएपछि पुनः नेपाली सिनेमा क्षेत्रमा सक्रिय रहने सोच छ ।