शिल्पासँग छलफलमा सहमती, छविराजले मागे माफी

शिल्पासँग छलफलमा सहमती, छविराजले मागे माफी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको घरेलु हिँसाको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । केही दिन पहिले अभिनेत्री पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गर्दै उजुरी दिएकी थिइन् ।लज्जाबाट सुरु भएको शिल्पा र छविराजको सहकार्य हवलदार सुन्तली, किस्मत २ हुँदै मंगलमसम्म आइपुगेको थियो । यसैवीच यो जोडीले २०७३ सालको असार २९ गते गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाएका थिए । तर, गत वर्ष निर्माता ओझाले केही मिडियासँग कुरा गर्दै आफूहरुले विवाह गरिसकेको बताए । यसवीच पटक पटक निर्माता ओझाले आफु माथी हातपात गर्दै आएको अभिनेत्री पोखरेल बताउँछिन् ।आफुले धेरै सहन प्रयास गरेपनि नसकेपछि आफ्नो सुरक्षाको लागी प्रहरी समक्ष उजुरी दिएको उनको भनाई छ ।
काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी निमाता छविराज ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए । परिसरका डिएसपी बोगटीले भने, ‘उहाँहरुले सहमति गरेसँगै प्रहरीमा परेको उजुरी टुंगिएको छ ।’