रेखाको नयाँ सिनेमालाई रेनेशाले निर्देशन गर्ने

रेखाको नयाँ सिनेमालाई रेनेशाले निर्देशन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईलाई अभिनेत्री रेखा थापाले जन्मदिनको अवसर पारेर नयाँ सिनेमा उपहार दिएकी छन् । रेखा थापाले निर्माण गर्ने नयाँ मल्टिस्टारर सिनेमामा निर्देशको रुपमा रेनेशा वान्तवा राई राणा अनुबन्धित भएकी छन् । रेखाका अनुसार यो सिनेमाको छायाँकन दशैंपछि सुरु गरिने छ । रेनशाले गएको वर्ष प्रदर्शनमा आएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । यो सिनेमाबाट निर्देशनमा राम्रो सम्भावना देखाएकी उनको निर्देशकीय क्षमताको निकै तारिफ भएको थियो । अहिले उनी आफ्नै होम प्रोडक्सनको सिनेमा ‘आई एम ट्वान्टिवान’ को तयारीमा थिइन् । तर, अब यो सिनेमा भन्दा अगाडि अब उनले रेखा थापाको सिनेमा निर्देशन गर्ने भएकी छन् । रेखाका अनुसार सिनेमा महिलाको मुद्धामा केन्द्रित रहेर निर्माण हुनेछ ।यसअघि पनि रेखा फिल्मस्को ब्यानरमा निर्माण भएका सिनेमामा महिलालाई सशक्त रुपमा प्रस्तुत गरिँदै आएको थियो । अभिमन्यू निरवीको कथामा सिनेमा निर्माण हुनेछ । केही हप्तायता सिनेमाको स्क्रिप्टमा काम भइरहेको छ । सिनेमाको नाम भने सार्वजनिक गरिएको छैन । सिनेमामा नयाँदेखि पुरानासम्मका कलाकारहरुको अभिनय रहने बताइएको छ । तर, अहिलेसम्म सिनेमामा कसैलाई पनि कलाकारको रुपमा अनुबन्धित गरिएको छैन् ।