प्रिमियरमा रुचाइयो आयुष्मान र शिल्पाको ‘सानो मन’ (फोटो फिचर)

प्रिमियरमा रुचाइयो आयुष्मान र शिल्पाको ‘सानो मन’ (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहिवार साँझ राजधानी काठमाण्डौमा नेपाली सिनेमा ’सानो मन’को भव्य प्रिमियर भएको छ । करिव पाँच सय जनाको उपस्थितीमा भएको प्रिमियरमा नेपाली सिनेमा तथा संगीत क्षेत्रका चर्चित व्यक्तिहरुको उपस्थिती थियो ।प्रिमियर पश्चात सिनेमाकर्मीहरु तथा अन्य दर्शकले दिएको प्रतिक्रियाबाट निर्माण यूनिट उत्साहित थियो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्देशक सुयोग गुरुङ्गले भने, ’सिनेमा हेरेपछि पाएको प्रतिक्रियाले मलाई ’नर्भस’ बनाएको छ । मेहनतको कदर हुँदा खुशीले बोल्नै आईरहेको छैन । मैले मेरो क्षमताको साठी प्रतिशत मात्र काम गरेको छु जस्तो लागेको थियो तर मैले सय प्रतिशत नै काम गरेको रहेछु भन्ने भईरहेको छ । सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरुले सानो मन हेरेपछि मलाई अँगालो हालेर रुनुभयो । यसबाट मैले केहि राम्रो गरेको रहेछु भन्ने महशुस भयो’ ।सिनेमामा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । यसै सिनेमाबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन् । आलोक शुक्लाको डि.ओ.पि. रहेको सिनेमालाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।