भारतमा कस्तो चल्यो ‘आप्पा’, यस्तो छ एक हप्ते कलेक्सन !

भारतमा कस्तो चल्यो ‘आप्पा’, यस्तो छ एक हप्ते कलेक्सन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार १३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘आप्पा’ आज शुक्रबारबाट तेस्रो सातामा प्रदर्शन भैरहेको छ । नेपाली बक्सअफिसमा औसत व्यापार गरेको सिनेमाले भारतीय बक्सअफिसमा भने राम्रो कारोबार गरेको निर्देशक अनमोल गुरुङले बताए । दुई सातामा आप्पाले नेपाली बक्सअफिसमा १ करोड  ३०लाख कमाई गरेको छ, भने भारतका २५ शहरमा प्रदर्शन भएको सिनेमाले एक सातामा १ करोड ८८ लाख भारु कमाई गरेको निर्देशक अनमोल गुरुङको भनाई छ ।

पहिलो सातामा  दर्शकको साथ पाएको सिनेमालाई दोस्रो सातामा पनि राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमलाई छ । बाबु छोराको सम्बन्धको कथा बोल्ने सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ ।सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।