तीन वर्षको राष्ट्रिय अवार्ड वितरण, क-कस्ले जिते ? (सुचिसहित)

तीन वर्षको राष्ट्रिय अवार्ड वितरण, क-कस्ले जिते ? (सुचिसहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विगतको २ संस्करण समयमै हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ गते वितरण गरिएको छ । राष्टपति भवन शितल निवासमा आयोजित समारोहमा राष्टपति विद्यादेवी भण्डारीले २०७३, २०७४ र २०७५ को अवार्ड वितरण गरिन ।

 

९ विधामा वितरण गरिएको २०७३ को अवार्डमा विपिन कार्की र सृजना सुब्बाले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते । उनिहरुले क्रमस… ‘ ‘जात्रा’ र ‘निभ्न लागेको दियो’बाट अवार्ड उचालेका थिए ।

त्यस्तै वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कालो पोथी’ले जित्यो । ‘कालो पोथी’बाटै उत्कृष्ट लेखन तर्फ कथामा मिन बहादुर भाम र पटकथा संवादमा अविनाश विक्रम शाहले अवार्ड जित्दा उत्कृष्ट निर्देशकको अवार्ड ‘सेतो सुर्य’बाट दीपक रौनियारले जिते ।

२०७३ को दिर्घ सामना सम्मान सुभद्रा अधिकारीलाई प्रदान गरियो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०७३

१.उत्कृष्ट सम्पादन : जात्रा, मित्र देव गुरुङ
२.उत्कृष्ट छायाँकन : लभ सासा, शिवराम श्रेष्ठ
३.उत्कृष्ट लेखन (कथा/पटकथा, संवाद) : कालो पोथी,  (मिनबहादुर भाम/ अविनाश विक्रम शाह )
४.उत्कृष्ट अभिनेत्री : निभ्न लागेको दियो, सृजना सुब्बा
५.उत्कृष्ट अभिनेता : जात्रा, विपिन कार्की
६.उत्कृष्ट निर्देशक : सेतो सुर्य, दीपक रौनियार
७.उत्कृष्ट सिनेमा : कालो पोथी, शुन्य फिल्मस् प्रा.लि
८.उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) : क्यु प्ह्रो छे (भेडी गोठाले)
९.उत्कृष्ट लोकप्रिय सिनेमा : छक्का पञ्जा, आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लि.
२०७३ दीर्घ साधना सम्मान : सुभद्रा अधिकारी

२०७४ मा १० विधा

२०७४ को उत्कृष्ट निर्देशक र फिल्मको अवार्ड ‘ब्लाइन्ड रक्स’को पक्षमा गयो । निर्देशक मिलन चाम्लिङ राई निर्देशन तर्फको अवार्ड उचाले ।

‘ब्लाइन्ड रक्स’बाटै बेनिशा हमालले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा ‘मङ्गलम’बाट पुष्प खड्काले अभिनेता तर्फको अवार्ड जिते ।

त्यस्तै ०७४ को दिर्घ सामना सम्मानको अवार्ड किशोर राना मगरलाई प्रदान गरियो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०७४
१.उत्कृष्ट सम्पादन : मंगलम, मित्रदेव गुरुङ
२.उत्कृष्ट छायाँकन : कृ, पुरुषोत्तम प्रधान
३.उत्कृष्ट लेखन (कथा/पटकथा, संवाद) : धनपति, खगेन्द्र लामिछाने
४.उत्कृष्ट अभिनेत्री : ब्लाइन्ड रक्स, बेनिशा हमाल
५.उत्कृष्ट अभिनेता : मंगलम, पुष्प बहादुर खड्का
६.उत्कृष्ट निर्देशक : ब्लाइन्ड रक्स, मिलन चाम्लिंग राई
७.उत्कृष्ट सिनेमा : ब्लाइन्ड रक्स, चाम्स ईन्टरटेनमेन्ट प्रा.लि.
८.उत्कृष्ट सिनेमा, (आदिवासी, जनजाति विभिन्न मातृभाषी) : टिन्छेन फामा (शेर्पा भाषा)
९.उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार, महिला : मिथिला शर्मा
१०.उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार, पुरुष : शत्रुगते, रमेश रञ्जन झा
२०७४ दीर्घ साधना सम्मान किशोर राना मगर

२०७५ को दिर्घ सामना तुलसी घिमिरेलाई

अभिनेता विपिन कार्कीले ‘प्रसाद’बाट उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा ०७५ को उत्कृष्ट अभिनेत्रीमा ‘बुलबुल’बाट स्वस्तिमा खड्का घोषित भइन ।

‘बुलबुल’बाटै उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले जित्दा उत्कृष्ट फिल्मको अवार्ड भने ‘गोपी’को पक्षमा गयो । ०७५ को दिर्घ सामना सम्मान तुलसी घिमिरेलाई प्रदान गरियो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०७५
१.उत्कृष्ट लेखन (कथा/पटकथा, संवाद) : गोपी,  (दीपेन्द्र लामा/ सामिप्यराज तिमिल्सिना)
२.उत्कृष्ट छायाँकन : समर लभ, सञ्जय लामा
३.उत्कृष्ट सम्पादन : साँइली, निमेश श्रेष्ठ
४.उत्कृष्ट अभिनेत्री : बुलबुल, स्वस्तिमा खड्का
५.उत्कृष्ट अभिनेता : प्रसाद, विपिन कार्की
६.उत्कृष्ट निर्देशक : बुलबुल, विनोद पौडेल
७.उत्कृष्ट सिनेमा : गोपी, आरोही इन्टरटेनमेन्ट प्रा.लि
८.उत्कृष्ट सिनेमा (आदिवासी, जनजाती, विभिन्न भाषाभाषी) : रिजे नायाँ (गुरुंग भाषा)
९.जुरी प्रोत्साहन सम्मान : भोर, पुजा कर्ण
१०.चलचित्रको व्यापार विस्ता तथा प्रवर्दन सम्मान : छक्का पञ्जा ३, आमा सरस्वती मुभिज् प्रा.लि
२०७५ दीर्घ साधना सम्मान : तुलसी घिमिरे