कस्तो चल्यो ? आयुष्मान र शिल्पाको ‘सानो मन’

कस्तो चल्यो ? आयुष्मान र शिल्पाको ‘सानो मन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ’सानो मन’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । बिहिबारको प्रिमियरमा रुचाईएको यो सिनेमाले शुक्रबार र शनिबार दर्शकबाट गज्जबको प्रतिक्रिया पाएको छ । कलाकारहरु दर्शकसँग प्रतिक्रिया लिन शनिवार राजधानीका विभिन्न हलमा पुगेका थिए ।

डेव्यु निर्देशक सुयोग गुरुङ्गले तारिफ पाएका छन् । उनले राम्रो सिनेमा निर्माण गरेको दर्शकले बताएका छन् । अभिनेता आयुष्मान देशराज जोशी र शिल्पा मास्केको अभिनयको तारिफ पनि दर्शकल गरिरहेका छन् । सानो मनमा आयुष्मान र शिल्पाको जोडीलाई दर्शकले निकै रुचाएको छ । सिनेमाको संगीत पक्षले पनि राम्रो तारिफ पाएको छ । बेला बेला हाँस्ने दर्शकहरु सिनेमाको अन्त्यसम्म आईपुग्दा दर्शक भावुक बनेको निर्माण टिमको भनाई छ ।

https://youtu.be/NGRDtlixyfI

शुक्रबारबाट देशैभर परिेको अबिरल बर्षाको कारण हलसम्म उल्लेख्य मात्रा दर्शक पुग्न सकेका छैनन् । राजधानी लगायतका क्षेत्रमा शनिबार वर्षा रोकिएसँगै हलमा दर्शकको सङ्ख्या बढेको निमार्ण टिमले जनाएको छ । देशैभरका सिंगल तथा मल्टिप्लेक्समा शनिवार दर्शकको राम्रो उपस्थीती रहेको थियो । सिनेमाको ’वर्ड अफ माउथ’ले आईतवार देखी हलमा दर्शकको सङख्या बढ्नेमा निर्माण टिम विश्वस्त छ ।

सिनेमामा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसै सिनेमाबाट निर्देशक गुरुङ्ग निर्देशनमा डेव्यु गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको सिनेमालाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । समिर सुनुवार र निर्देशक गुरुङले मिलेर सिनेमाको कथा, पटकथा तथा संवाद लेखेका हुन् ।ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानीमा निर्माण भएको सिनेमामा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर निर्माताको रुपमा रहेका छन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।