बक्सअफिसमा ऋतिकको ‘सुपर ३०’को सुखद सुरुवात

बक्सअफिसमा ऋतिकको ‘सुपर ३०’को सुखद सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार ऋतिक रोशन स्टारर सिनेमा ‘सुपर ३०’ले बलिउड बक्सअफिसमा सुखद सुरुवात गरेको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘सुपर ३०’ले पहिलो दिन ११.८३ करोड भारुको ओपनिङ गरेको थियो । भने, दोस्रो दिन बक्सअफिसमा ५० प्रतिशत व्यापारमा बृद्धि गर्दै १८.१९ करोड भारुको कारोबार गरेको छ । बलिउड मिडियाका अनुसार ऋतिक अभिनित अघिल्लो सिनेमा ‘काबिल’को भन्दा ‘सुपर ३०’को ओपनिङ व्यापार निकै राम्रो छ । जुलाई १२ बाट विश्वभरका सिनेमा घरमा रिलिज भैरहेको सिनेमाका मुख्य आकर्षण भने ऋतिक नै हुन् । उनले यो सिनेमाको लागि निकै महेनत गरेका छन् । सिनेमा रिलिजसँगै दर्शकले ऋतिकको अभिनय र लुक्सको प्रसंशा गरेका छन् । सिनेमा गत जनवरी २५ मा रिलिज हुने तयारी थियो तर उक्त डेटमा कंगना रनौत अभिनित सिनेमा ‘मनिकर्णिका’ रिलिज भएपछी ऋतिकले नै सिनेमाको प्रदर्शन मिति परिवर्तन गरेका थिए । यति मात्र नभई सिनेमाका निर्देशक बिकास बहल मिटु काण्डमा मुछीएपछी निर्माण टिमले केहि समय सिनेमाको काम समेत रोकेको थियो ।

केही वर्ष पहिले देखि चल्दै आएको कंगना रनौत र ऋतिक रोशनको कोल्ड वारका कारण पनि निर्माण पक्षले सिनेमालाई अन्य डेटमा सारेको हो । निर्माण टिम ऋतिक र कंगनाको सिनेमा एकसाथ रिलिज नहोस भन्ने चाहानाका कारण ‘सुपर ३०’को प्रदर्शन मिति जुलाई पुगेको हो । सिनेमामा ऋतिक रोशनका अलवा विरेन्द्र सक्सेना, मनुरल ठाकुर, नन्दीश शर्मा, पंकज त्रिपाठीलगायतका कलाकारहरुको पनि अभिनय छ । ऋतिक अभिनेती सिनेमा ‘काबिल’ २०१७ मा प्रदर्शन भएको थियो । त्यसपछि ऋतिक अभिनीत कुनैपनि सिनेमा प्रदर्शन भएका छैनन् ।