सकियो भुवन र रीमाको ‘मिस्टर नेपाली’ छायाँकन

सकियो भुवन र रीमाको ‘मिस्टर नेपाली’ छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुवन केसी स्टारर सिनेमा ‘मिस्टर नेपाली’को छायाँकन सकिएको उपलक्ष्यमा निर्माण टिमले आइतबार राजधानीमा इण्डक्लयाप पार्टीको आयोजना गरेको थियो । देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’को छायांकन करिब ४५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ । आइतबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा इन्ड क्ल्याप पार्टीमा सिनेमा तिहारको अवसर पारेर प्रदर्शन गरिने बताइएको छ ।देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । सिनेमामा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । सिनेमा भुवन केसीका अलवा रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा डेव्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।कार्यक्रममा बोल्दै नायक भूवन केसीले सिनेमाको कथावस्तुले व्यवसायिकतासँगै राष्ट्रियता पनि बोकेको बताए । डेव्यु कलाकार साहिल र कुसुमले एउटा राम्रो सिनेमामा काम गर्न पाएकोमा खुशी व्यक्त गरे । सिनेमाका निर्देशक देव भुषालले सबैको साथ र सहयोगले सिनेमाको छायांकन कुनै अवरोध विना सकिएको र एउटा राम्रो सिनेमा निर्माण गर्ने शतप्रतिसत मेहनत गरेको सुनाए ।विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई ‘मिस्टर नेपाली’मा देखाउने प्रयास गरिएको निर्माण पक्षको भनाई छ । सिनेमालाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । सिनेमामा हिमाल केसीको द्धन्द्व निर्देशन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।