द सिनेमा टाइम्स, काठमाडौं – सदाबहार अभिनेता भुवन केसी पछिल्ला केही वर्षदेखि सिनेमा निर्माणमा सक्रिय हुँदै आइरहेका छन् । यही विच भुवन ‘ड्रिम्स’बाट निर्देशक पनि भैसकेका छन् । तर, अभिनयबाट भने सधैँ टाढा रहेका भुवन भने अब अभिनयमा फर्किन तयारीमा छन् । उनले केही पहिले मात्र ‘मिस्टर नेपाली’ नामक सिनेमाको छायाँकन सकाएका छन् । यो सिनेमामा भुवनको दोहोरो भुमिका रहेको छ ।
यसैविच आइतबार आयोजित ‘मिस्टर नेपाली’को इण्डक्लयाप पार्टीमा सेतै फुलेको दाह्रीमा उपस्थीत भएका थिए । आयोजित पत्रकार सम्मेलनमा उपस्थीत पत्रकारले कहिल्यै दाह्री नपाल्ने भुवनलाइ उक्त गेटअपको बारेमा जिज्ञासा राखेका थिए । पत्रकारको जिज्ञासामा भूवनले भने, आफ्नै होम प्रोडक्शनमा बन्ने नयाँ सिनेमामा आफू भिलेनको अवतारमा देखिन लागेकाले दाह्री पाल्न सुरु गरेको खुलाए ।
‘आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भने हामी हाम्रो होम प्रोडक्शनको नयाँ सिनेमाको तयारी गरिरहेका छौ । जहाँ, अभिनेता अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिदैछन् । म भने पूर्ण रुपमा भिलनेको अवतारमा देखिदैछु’ उनले भने । अभिनेता भुवन केसीले उक्त सिनेमाको क्यारेक्टरका लागि फूलेको लामो दाह्री आवश्यक परेकाले दाह्री पाल्न लागेको सुनाए ।
भूवनका अनुसार, अनमोल र उनको मुख्य भूमिका रहने सिनेमाको छायांकन तिहारपछि सुरु हुँदैछ । गतवर्षको चैत्रमा रिलिज भएको सिनेमा ‘ए मेरो हजुर ३’ सुपरहिट भएपछि अभिनेता अनमोल केसी अहिले मौन छन् । भुवनको आगामी सिनेमालाई एफडी कम्पनीले वितरण गर्ने पनि पक्का भैसकेको छ । भूवनले एफडीसँग वितरणको बिषयमा आइतबार नै संझौता समेत गरेका छन् । यो सिनेमाको लगाी अहिलेसम्म निर्देशक भने फाइनल गरिएको छैन् ।


प्रतिक्रिया