अनमोलको नयाँ सिनेमामा भुवन भिलेन ?

अनमोलको नयाँ सिनेमामा भुवन भिलेन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सदाबहार अभिनेता भुवन केसी पछिल्ला केही वर्षदेखि सिनेमा निर्माणमा सक्रिय हुँदै आइरहेका छन् । यही विच भुवन ‘ड्रिम्स’बाट निर्देशक पनि भैसकेका छन् । तर, अभिनयबाट भने सधैँ टाढा रहेका भुवन भने अब अभिनयमा फर्किन तयारीमा छन् । उनले केही पहिले मात्र ‘मिस्टर नेपाली’ नामक सिनेमाको छायाँकन सकाएका छन् । यो सिनेमामा भुवनको दोहोरो भुमिका रहेको छ ।

यसैविच आइतबार आयोजित ‘मिस्टर नेपाली’को इण्डक्लयाप पार्टीमा सेतै फुलेको दाह्रीमा उपस्थीत भएका थिए । आयोजित पत्रकार सम्मेलनमा उपस्थीत पत्रकारले कहिल्यै दाह्री नपाल्ने भुवनलाइ उक्त गेटअपको बारेमा जिज्ञासा राखेका थिए । पत्रकारको जिज्ञासामा भूवनले भने, आफ्नै होम प्रोडक्शनमा बन्ने नयाँ सिनेमामा आफू भिलेनको अवतारमा देखिन लागेकाले दाह्री पाल्न सुरु गरेको खुलाए ।‘आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भने हामी हाम्रो होम प्रोडक्शनको नयाँ सिनेमाको तयारी गरिरहेका छौ । जहाँ, अभिनेता अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिदैछन् । म भने पूर्ण रुपमा भिलनेको अवतारमा देखिदैछु’ उनले भने । अभिनेता भुवन केसीले उक्त सिनेमाको क्यारेक्टरका लागि फूलेको लामो दाह्री आवश्यक परेकाले दाह्री पाल्न लागेको सुनाए ।भूवनका अनुसार, अनमोल र उनको मुख्य भूमिका रहने सिनेमाको छायांकन तिहारपछि सुरु हुँदैछ । गतवर्षको चैत्रमा रिलिज भएको सिनेमा ‘ए मेरो हजुर ३’ सुपरहिट भएपछि अभिनेता अनमोल केसी अहिले मौन छन् । भुवनको आगामी सिनेमालाई एफडी कम्पनीले वितरण गर्ने पनि पक्का भैसकेको छ । भूवनले एफडीसँग वितरणको बिषयमा आइतबार नै संझौता समेत गरेका छन् । यो सिनेमाको लगाी अहिलेसम्म निर्देशक भने फाइनल गरिएको छैन् ।