‘एलजी सिने सर्कल अवार्ड २०७५’ को लागी सिनेमा दर्ता आव्हान

‘एलजी सिने सर्कल अवार्ड २०७५’ को लागी सिनेमा दर्ता आव्हान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा सर्कल नेपालको आयोजनामा विगत केही वर्ष देखि निरन्तर हुँदै आइरहेको ‘एलजी सिने सर्कल अवार्ड २०७५’ को लागी सिनेमा दर्ता आव्हान गरिएको छ । २०७५ सालमा प्रदर्शन भएका सम्पुर्ण सिनेमाले निशुल्क सहभागीता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ । सिनेमा सर्कल नेपालको आयोजना र दि दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा अवार्डको आयोजना हुँदै आएको छ ।२२ विधामा अवार्ड हुन लागेको हो । भने, एक जना बरिष्ठ सिनेकर्मीलाई ५१ हजार नगद सहित लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । यसवर्ष पनि उत्कृष्ट सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, अनस्क्रिन जोडी, कोरियोग्राफर, द्धन्द्व निर्देशक, पाश्र्वगायिका, पाश्र्वगायक, पटकथा, पाश्र्वसंगीत, सम्पादक, चर्चित अभिनेता, चर्चित अभिनेत्री, कमेन्डेबल मूभि, भीएफएक्स, स्टन्ट, चर्चित गीत, ट्रेलर र पोस्टर समावेश लगायतका विद्या समावेश गरिएका छन् ।

सिनेमा सर्कल नेपालले सिनेकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवि, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरुको नेपालका प्रतिष्ठीत व्यत्तिहरुको उपस्थितिमा विगतका वर्षमा झैँ यो बर्ष पनि केहि फरक ढंगले २०७५ सालको अवार्ड प्रदान गरिने तयारी आयोजक संस्थाको छ । इच्छुकले उपलब्ध गराइएको लिंकमा गएर निःशुल्क अनलाइन फर्म भर्न सक्ने सर्कल अध्यक्ष दिनेश डीसीले जनाए ।

https://forms.gle/ZEjXXEDV6MN18ftx9