anmol jasita

‘ज्योमो ग्याङ सिनेमा एन्ड म्युजिक अवार्ड २०१९’ आयोजना हुने

‘ज्योमो ग्याङ सिनेमा एन्ड म्युजिक अवार्ड २०१९’ आयोजना हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा पहिलोपटक आयोजना हुन लगोको जनजाति सिनेमा एवं संगीत अवार्ड घोषणा गरिएको छ । हुकुम मल्टिमिडियाले ज्योमो ग्याङ सिनेमा एन्ड म्युजिक अवार्ड २०१९ थाइल्यान्डमा आयोजना गर्न लागेको जानकारी आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच दिइयो ।सोमबार राजधानीमा आयोजित प्रेसमिटमा अवार्डबारे जानकारी दिइयो । आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड गर्न लागिएको जानकारी हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले दिए । ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका सिनेमा र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । यस कालखण्डमा निर्माण भएका कूल ६३ सिनेमाबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ ।सिनेमातर्फ कूल १६ र संगीततर्फ ११ विधा राखिएको छ । घोषणा समारोहमा बोल्दै विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति सिनेमाको अन्तराष्ट्रिय करण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा हुने बताए ।

सोही समारोहमा प्राविधिक संघ नेफ्टाले गर्न लागेको अवार्डको मिति समेत घोषणा भएको छ । अध्यक्ष पुष्कर लामाले आगामी दशैंदेखि तिहारभित्र विदेशमै अवार्ड गर्ने तयारी रहेको जनकारी दिए ।