सौगातको ‘माछा माछा’ कार्तिकमा, फर्स्टलूक पोस्टर रिलिज

सौगातको ‘माछा माछा’ कार्तिकमा, फर्स्टलूक पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल स्टारर सिनेमा ‘माछा माछा’को प्रदर्शन मिति तय गरिएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा निर्मित सिनेमामा सौगातसँगै विजय बराल र अनोज पाण्डेको केन्द्रिय भूमिका छ ।मंगलबार निर्माण पक्षले सिनेमाको फर्स्टलूक पोस्टर सार्वजनिक गर्दै रिलिज पनि फाइनल गरिदिएको छ । अब सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमा कार्तिक २९ गते रिलिज हुनेछ । पोस्टर सार्वजनिक गरे पनि टिमले सिनेमाको कथाबस्तु र पात्रको बारेमा खुलाएको छैन । सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ । माओत्सेको समुहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्पले दर्शकमा कौतुहलता सृजना गर्छ । कतै कथाबस्तु क्रिकेटसँग जोडिएको त छैन ?पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ । सिनेमामा उनको पनि प्रमुख भूमिका रहेको पोस्टरले संकेत गर्छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको सिनेमामा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । सिनेमाको सह-निर्मातामा  ओमचंद्र रौनियार र अर्जुन कार्की छन् । सिनेमामा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, आनन्द महर्जनको पोस्टर डिजाइन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।