कस्तो चल्ला अर्पण सुरक्षा र बेनिशाको ‘घर’ ?

कस्तो चल्ला अर्पण सुरक्षा र बेनिशाको ‘घर’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनकोतयारीमा रहेको सिनेमा घरको अहिले राम्रै चर्चा परिचर्चा भैरहेको छ । हरर जनामा निर्माण भएको सिनेमा घरले बक्सअफिसमा कस्तो व्यापार गर्ला भन्ने चर्चा अहिले सिनेमा बजारमा निकै चलिरहेको छ । अर्पण थापाको निर्देशनमा अघिल्लो वर्ष निर्माण भएको हरर सिनेमा सुनकेशरीले दर्शक तर्साउनु साटो हाँसेको चर्चा भयो ।यसैले गर्दा पनि उनै अर्पणले पुन निर्माण तथा निर्देशन गरेको सिनेमा घरले पनि कतै दर्शक तर्साउनुको साटमे हँसाउने त होइन, भन्ने चर्चा पनि भैरहेको छ । तर, अर्पण भने सुनकेशरीका कमीकमजोरीलाई सुधार गर्दै घरलाई उत्कृष्ट बनाएको बताउँछन् । पहिलो प्रयासमा असफल भएपनि अर्पणले हार नै चाँहि मानेनन् । उनले दोश्रो पटक हरर सिनेमा घर निर्माण गर्ने प्रयास गरेका छन् ।

अर्पण भन्छन्,- ‘सुनकेशरी हेरर हाँसेका दर्शक ‘घर’ हेरेर तर्सिने छन् । हामी र हाम्रो टिमले छायाँकन देखि पोष्ट प्रोडक्सन सम्म निकै मेहनत गरेर उत्कृष्ट सिनेमा निर्माण गर्ने प्रयास गरेका छौं ।’ यसैले पनि ‘घर’ हेर्न हलसम्म दर्शक पुग्ने विश्वास निर्देशक तथा अभिनेता थापालाई छ । मैले निर्माण तथा निर्देशन गरेको पहिलो हरर सिनेमा ‘सुनकेशरी’ व्यापारिक रुपमा असफल भएता पनि राम्रो व्यापार गरेको थियो । हामीले ‘घर’लाई सुनकेशरी भन्दा निकै माथिल्लो स्तरमा निर्माण गरेका छौं । यसैले पनि सिनेमाले राम्रो बिजनेस गर्नेमा विश्वस्त छु ।

सिनेमा साउन ३ गते अर्थात आगामी शुक्रबारबाट रिलिज हुँदैछ । सिनेमामा उनी निर्देशकमात्र नभई मुख्य अभिनेता समेत हुन् । अर्पणले घरमा अभिनेत्री सुरक्षा पन्त र बेनिशा हमालसँग स्क्रिन सेयर गरेका छन् । सिनेमा रिलिजका लागि केहि दिन मात्र बाँकी रहँदा सिनेमाका निर्माता, निर्देशक तथा कलाकार सिनेमाको प्रचारमा खासै देखिएका छैनन् । सिनेमाका निर्माता शर्मिला पाण्डे र दिपेन्द्र के खनाल घरको प्रचार प्रसार भनदा पनि छायाँकनरत सिनेमामा आमामा बढि व्यस्त छन् ।डिएस डिजिटल प्रालीको व्यानरमा निर्माण गरिएको सिनेमाकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् । सिनेमालाई निर्देशक दिपेन्द्र के खनाल र अभिनेता सुरज पाण्डेले मिलेर निर्माण गरेका हुन् । भने, घरको सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । निरज कँडेलले छायाँकन गरेको सिनेमाको सम्पुर्ण सुटिङ्ग २० दिनमा सकिएको थियो । सिनेमामा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन, बिकास खनाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । श्रीकृष्ण श्रेष्ठ र मनोज श्रेष्ठले भिएफएक्स गरेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।