साउन १० मा ऋचाको ‘सुपर गोर्खे’

साउन १० मा ऋचाको ‘सुपर गोर्खे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर सिनेमा ‘सुपर गोर्खे’को प्रदर्शन मिति घोषणा गरिएको छ । विवाह पश्चात लामो समय सिनेमा क्षेत्रबाट टाढा रहेकी ऋचा सिंह ठकुरी सुपर गोर्खेबाट कमव्याक गर्दैछिन् । ‘नाई नभन्नु ल’बाट डेव्यु गरेकी ऋचालाई एक समय नेपाली सिनेमा क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएको छ । निर्माण भएको लामो समय देखि पोष्ट प्रोडक्सनमा थन्किएको सिनेमाको प्रदर्शन पटक पटक सर्दै आएको छ ।अब भने यो सिनेमा प्रर्दशनमा आउने पक्का पक्की भएको छ । निर्देशक राज थापाका अनुसार अब साउन १० बाट पर नसर्ने बताए । राज थापाको निर्देशनमा तयार भएको सिनेमामा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ ।इश्वरी सिंह ठकुरी, राम कृष्ण, सुदिपजंग थापाको लगानी रहेको सिनेमालाई सौरभ लामाले छायांकन गरेका छन् । राज थापाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद किरण माइकलले तयार पारेका हुन् । तारा प्रकाश लिम्बु र फिलिप जोनको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका हुन् ।