अनुभवको लागी ‘हजार जुनीसम्म’को शिर्ष गीत गाउँदै आयुष

अनुभवको लागी ‘हजार जुनीसम्म’को शिर्ष गीत गाउँदै आयुष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली सिनेमामा गीत गाउने भएका छन् । उनले चाइल्ड स्टार अनुभव रेग्मीको लागि गीत गाउँन लागेका हुन् । यसै साता रेकर्ड गरिने गीतमा स्वर आयुषको रहनेछ भने त्यसमा अनुभव रेग्मी देखिनेछन् ।

आयुषले अनुभवको अभिनय रहेको पछिल्लो सिनेमा ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गर्न लागेका हुन् । विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको सिनेमा आगामी भाद्र ६ गतेबाट रिलिज हुँदैछ । विकासको सिनेमाबाट धेरै कलाकारहरुले ब्रेक पाइसकेका छन् र अधिकांस सफल पनि छन् । यसैले गर्दा पनि आयुषको डेब्यु सुखद हुनेमा दुइ मत छैन ।सिनेमाको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज दिनेछन । सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ ।‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको सिनेमाको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । सिनेमामा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी सिनेमाकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ ‘हजार जुनीसम्म’का निर्माता हुन् ।