कन्फर्म: मंसीर पहिलो साता आर्यन र मिरुनाको ‘च च हुई’

कन्फर्म: मंसीर पहिलो साता आर्यन र मिरुनाको ‘च च हुई’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आर्यन सिग्देल, मिरुना मगर अभिनित सिनेमा ‘च च हुई’को आधिकारिक रिलिज डेट फाईनल भएको छ । निर्देशक साम्तेन भुटियाले एफडी कम्पनिसँग सम्झौता गर्दै मंसीर ६ गते रिलिजको निर्णय गरेका हुन् ।यसअघि ‘च च हुई’ कार्तिक २९ मा आउने खबर थियो ।  तर, एक साता पछाडी सिनेमाले रिलिज लक गरेको छ ।

लभर व्वायको भूमिकामा अत्याधिक रुचाइएका अभिनेता सिग्देल ‘च च हुई’मा कमेडी भूमिकामा देखा पर्नेछन् । सिनेमामा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमामा अमृत घोले लामाको लगानी छ ।  सिजन दाहाल र संदेश अर्यालले पटकथा तथा संवाद लेखेको सिनेमामा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ ।