Happy Birthaday : आजबाट ३१ वर्ष लागीन ऋचा शर्मा

Happy Birthaday : आजबाट ३१ वर्ष लागीन ऋचा शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री ऋचा शर्माले आज आफ्नो ३१ औं जन्मदिन मनाएकी छन् । श्रावण १ गते कैलालीको धनगढीमा जन्मिएकी टेलिभिजन हुँदै ‘फस्टलभ’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन् । श्रावण २ गते साथीहरु विच अनौपचारिक रुपमा जन्मदिन मनाएकी ऋचालाई नेपाली सिनेमा क्षेत्रमा उत्कृष्ट अभिनय गर्ने अभिनेत्री रुपमा चिन्ने गरिन्छ ।

 

ऋचाको जन्मदिनमा रेखा थापा, निशा अधिकारी, प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा उपस्थित थिए । सानैदेखि मोडलिङमा रमाउने सपना देखेकी ऋचाले ‘लुट’, ‘आफ्नो मान्छे’, ‘सुनकेशरी’, ‘हाइवे’, ‘कोहलपुर एक्सप्रेस’, ‘टलकजंग भर्सेस टुल्के’, ‘उमा’लगायतका थुप्रै सिनेमामा अभिनय गरिसकेकी छन् । उनै ऋचा अभिनीत सिनेमा ‘न यता न उता’ आगामी श्रावन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

म्यानेजमेन्टमा ब्याचलर गरेकी ऋचा अभिनयसँगै व्यापार, व्यावसायमा समेत सक्रिय छिन् । ऋचाले केही समय पहिले साथीहरुसँग मिलेर पाङ्ग्रा एक्सप्रेस नामक रेष्टुरेन्ट सञ्चालन गरिरहेकी छन् । यसका साथै उनले ‘भिजा गर्ल’, ‘आधा लभ’, ‘सुनकेशरी’ लगायतका फरक विषय वस्तुमा निर्माण भएका सिनेमामा लगानी समेत गरेकी थिइन् । भने, चाँडै नयाँ विषय वस्तुमा उत्कृष्ट सिनेमा निर्माणको तयारीमा रहेकी छन् । उनै ऋचालाई द सिनेमा टाइम्स परिवारको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।।।।।