‘कबड्डी ३’को गीतमा डान्स कभर कम्पिटिसन, विजेतालाई लाख

‘कबड्डी ३’को गीतमा डान्स कभर कम्पिटिसन, विजेतालाई लाख

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ १३ गते रिलिज हुने सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’को लागि ‘डान्स कभर कम्पिटिसन’ आव्हान गरिएको छ ।ओएसआर डिजिटलमा सार्वजनिक गरिएको उक्त गीतमा कभर भिडियो बनाएर प्रतिस्पर्धा जनाउने मध्येबाट उत्कृष्टलाई आकर्षक उपहार पनि तय गरिएको छ । इच्छुकले कभर भिडियो बनाएर ओएसआर डिजिटलको मेल आइडी [email protected] पठाउनु पर्नेछ ।

विजेताको लागि निर्माण टिमले १ लाख रकम छुट्ट्याएको छ । भने, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५१ हजार नगद प्रदान गरिनेछ ।

सार्वजनिक गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र हेमन्त राना ऋतिका श्रेष्ठको स्वर छ । गीतको निर्देशन रेनशा राई राणा गरेकी हुन् । भने, कोरियोग्राफीको काम वाइल्ड रिपर्ज ग्रुपले सम्हालेको छ ।

सार्वजनिक गीत यस्तो छ:-

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमा बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । सिनेमाको सह-लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् ।

सिनेमामा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।