रमित ढुंगाना स्टारर ‘राजा साहेब’ निर्माण घोषणा !

रमित ढुंगाना स्टारर ‘राजा साहेब’ निर्माण घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बुधबारबाट छायाँकनको तयारीमा रहेको सिनेमा ‘राजा साहेब’को औपचारिक निर्माण घोषणा गरिएको छ । रमित ढुंगाना स्टारर सिनेमाको सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच निर्माण घोषणा गरिएको हो । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा सिनेमाको शुभ मुहुर्त पनि गरिएको छ ।बिचल किरातीको निर्देशनमा निर्माण हुने सिनेमामा रमित ढुंगानाका अलवा धिरेन शाक्य, जयकिशन बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतका कलाकारको मुख्य भूमिका रहने छ । यही सिनेमाबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन् । ‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा हुने सिनेमाका कार्यकारी निर्माता शंकर न्यैपाने, आकाश राई र आइशा राई हुन् ।चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माता रहेको सिनेमा सिसम डागी सह–निर्माताको रुपमा रहेका छन् । निर्देशक राईकै कथा पटकथा तथा संवाद रहेको सिनेमामा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने सिनेमालाई समिर मियाँले सम्पादन गर्नेछन् । ‘राजा साहेब’को प्रदर्शन मिति तिहारलाई लक्षित गरिएको निर्माण टिमको भनाई छ ।