‘कबड्डी ३’ गीत विवाद: संगीतकार भन्छन ‘कहिले फोटो सिरानी’मा सुनेकै थिइन्’

‘कबड्डी ३’ गीत विवाद: संगीतकार भन्छन ‘कहिले फोटो सिरानी’मा सुनेकै थिइन्’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय नेपाली संगीतले चोरीको आरोप थेगिरहेको छ । महिनै पिछे सार्वजनिक हुने गीत कुनै न कुनै पुरानो गीतसँग मेल खाँदा संगीतकारले चोरीको आरोप लगाउदै आएका छन् ।

कति गीत मिल्न गएको संयोग छ । भने, कतिको नियत नै चोरी देखिएको छ । यसै क्रममा हिजो मात्र सार्वजनिक गरिएको ‘कबड्डी कबड्डी कबड्डी’को ‘डुब्यो फुल्यो’ गीत, संगीतकार आलोकश्रीले आफ्नो सृजना  ‘कहिले फोटो सिरानीमा’सँग मिल्न गएको बताएका छन् ।

गीत मिलेपछि आलोकश्रीले हुबहु कपिको आरोप लगाएका छन् । ‘गीतको ‘मुटु’ २ लाइन हूक नै मिलेको छ । यसलाई मिल्न गएको भन्दा पनि हुबहु चोरिएको भन्न मिल्छ ।’ उनले सिनेमा टाइम्ससँग भने ।

यता ‘दुबो फुल्यो’का संगीतकार एसडी योगीले आफ्नो चोरीको नियत नरहेको बताए । ‘मैले पहिला ‘कहिले फोटो सिरानीमा’ सुनेकै थिएन । दुई लाइन मिलेको छ भन्नु भएको छ । गीत चोर्ने मेरो नियत होइन ।’

आलोकश्री र ‘कबड्डी ३’ टिमबीच कुराकानी भैसकेको छ । बेलुका ४ बजेको बैठक पछि समाधान निक्लने छ । आलोकश्रीले निर्माण टिमसँग संगीतकारमा आफ्नो नाम राखिनुपर्ने र कम्पसेसन हुनुपर्ने माग राखेका छन् ।

सार्वजनिक ‘दुबो फुल्यो’मा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर छ । भने, हर्क साउदको शब्द र रिकेश गुरुङको एरेन्ज छ ।

त्यस्तै कालीप्रसाद बाँस्कोटा र शर्मिला वर्देवाको स्वर रहेको ‘कहिले फोटो सिरानीमा’ किरण केसी क्रोधीको शब्द छ ।

भदौ १३ गते रिलिज हुने ‘कबड्डी कबड्डी कबड्डी’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाललगायतको अभिनय छ ।

दुबो फुल्यो गीत

कहिले फोटो सिरानीमा गीत