दीलिपको ‘हेल्लो काँशीराम’ छायाँकन सुरु

दीलिपको ‘हेल्लो काँशीराम’ छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीलिप रायमाझी स्टारर सिनेमा ‘हेल्लो काँशीराम’को छायाँकन सुरु गरिएको छ । रिम विश्वकर्माको निर्देशनमा निमार्ण हुने सिनेमामा दीलिपको जोडीको रुपमा नवज्योती रसाइलीलाई पक्का गरिएको छ । हेल्लो काँशीराम पुर्ण रुपमा कमेडी जनरामा निर्माण हुने निर्देशक रिम विश्वकर्माले बताए ।पछिल्लो समय नेपालमा हाँस्य जनरामा निर्माण भएका सिनेमाले राम्रो दर्शक पाइरहेकाले पनि आफ्नो टिमले कमेडी सिनेमा निर्माण गर्न लागेको सुनाए । पी.बि.थापा सह-निर्माता रहेको सिनेमालाइ यम आले मगरले छायाँकन गर्दैछन् । भने, सिनेमाका मुख्य सहायक निर्देशक जीवन गौतमले हुन् ।

हेल्लो काँशीराममा दिलिप र नवज्योतिका अलावा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राई, सरोज केसी, सुमन खाँड लगाएतका कलाकारको मुख्य भूमिका रहने छ । २५ दिनमा छायांकन सक्ने योजना सहित सोमबारबाट सिनेमाको छायाँकन थालिएको हो । सिनेमामा शंकर महर्जनको द्धन्द्व निर्देशन, दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजरको रुपमा रहेका छन् ।