‘साहो’को कारण कहिले भदौ कहिले साउनमा ‘हजार जुनीसम्म’

‘साहो’को कारण कहिले भदौ कहिले साउनमा ‘हजार जुनीसम्म’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमा ‘साहो’कै कारण एक साता पछाडी धकेलिएको सिनेमा ‘हजार जुनीसम्म’ पुन: पुर्वनिधारित मितिमै सिफ्ट भएको छ ।यहाँबाट थाहा हुन्छ, नेपाली मेकरलाई विदेशी सिनेमाको कतिसम्म डर छ । तर, पनि मौका मिलेसम्म विदेशी सिनेमालाई विस्तापित गर्ने र नडराउनेसम्मको धाक लगाउन पछि पर्दैनन् नेपाली मेकर र वितरक ।

साउन ३० मा रिलिज हुने भनिएको ‘हजार जुनीसम्म’ ‘साहो’कै कारण १ साता पछाडी हिच्केको थियो । बरु उक्त मितिमै घोषित सिनेमा ‘दयारानी’ हलचल भएन । सम्पादनको काम नसकिएको भन्दै ‘साहो’ भदौ १३ मा पुगेपछि पुन: ‘हजार जुनीसम्म’ आफ्नै ठाउँमा फर्किएको हो ।मंगलबार सार्वजनिक सिनेमाको पोस्टरमा रिलिज डेट साउन ३० छापिएको छ । तर, साता अगाडी रिलिज गरिएको एक गीतमा भदौ ६ को रिलिज डेट छ ।  यहाँ नेपाली सिनेमाको बजार बिदेशी सिनेमाको अगाडी  कतिसम्म कमजोर छ, भन्ने पनि पुष्टि हुन्छ  ।

बिकाशराज आचार्य निर्देशित सिनेमामा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अखिलेश प्रधान, अनुभव रेग्मी, संचिता लुइँटेलजस्ता चर्चित कलाकारको अभिनय छ । स्मरण रहोस निर्देशक आचार्य सुपरहिट सिरिज ‘नाइँ नभन्नु ल’को जन्मदाता हुन् ।