‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर बने मनिष

‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर बने मनिष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘प्रेमगीत ३’ बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्ने तयारीमा रहेका मनिष राउत ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर बनेका छन् । बिशेष गरी मनिषको लुक्सबाट प्रभावित दर्शकले उनलाई यसै बर्ष ’प्रेम गीत ३’मा हेर्न पाउनेछन् । जब उनि प्रेमगीत ३ को लागि छानिए तब देखी नै उनले कस्तो काम गर्लान भन्ने प्रतिक्षा दर्शकले गर्न थालेका छन् ।मनिष माथी दर्शकको मात्र होईन सञ्चार माध्यमको पनि उत्तिकै ध्यान केन्द्रित भएको देखिन्छ । मनिषको फोटोहरु, ’प्रेम गीत ३’को क्यारेक्टर इन्ट्रो पोस्टर, तथा ’प्रेम गीत ३’ सम्बन्धि केहि भिडियोहरु हेरेर नै उनिमाथी लगानी गर्ने ब्रान्ड पनि आईसकेका छन् । यसैबीच मनिषलाई ब्रान्ड एम्बेसडर बनाउँदै एक क्लोथिङ्ग ब्राण्ड आउने तयारीमा रहेको छ । ’डक्टर डेनिम’ नामक उक्त ब्राण्डले भदौ महिनामा देखी बिक्रि शुरु गर्ने उक्त ब्राण्डका सुमन गौतमले बताए । ’हामीले ’प्रेम गीत ३’ सम्बन्धित विभिन्न सामग्रीहरु हेरेपश्चात उहाँलाई ब्राण्ड एम्बेसडरको रुपमा लिएका हौँ ।मनिष भन्छन् ’म आँफै अचम्ममा परेको छु कि मैले कुनै पनि सिनेमामा अभिनय नगर्दै मेरो डिमाण्ड भईसकेछ । सिनेमा रिलीज भएपछि के हुन्छ थाहा छैन तर, यसबाट मैले धेरै मेहनत गर्नुपर्ने जिम्मेवारी भने थपिएको छ ।’ पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरु बिक्रि गर्ने ’डक्टर डेनिम’ नामक ब्राण्डले महंगो रकममा मनिषलाई एम्बेसडर बनाएको छ । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ आउने लागेको ’डक्टर डेनिम’सँग पाँच बर्षको लागि मनिष आवद्द भएका हुन् ।