सुवासको नयाँ सिनेमा ‘नन्दुलाल’मा खगेन्द्र हिरो

सुवासको नयाँ सिनेमा ‘नन्दुलाल’मा खगेन्द्र हिरो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता सुवास गिरी ‘कृ’ रिलिज सिनेमा निर्माणमा सुस्ताएका थिए । अब, भने निर्माता गिरी नयाँ सिनेमा निर्माणको तयारीमा जुटेका छन् । सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमामा मुख्य अभिनेतको रुपमा खगेन्द्र लामिछानेलाई फाइनल गरेका छन् । खगेन्द्र हाल आफ्नै निर्देशनमा निर्माण हुने सिनेमा पानिफोटोको प्रि-प्रोडक्सनमा व्यस्त छन् । योसँगै खगेन्द्र सुवास गिरीको लगानी निर्माण हुने सिनेमाको कथा पनि लेखिरहेका छन् ।उक्त सिनेमाको छायांकन माघबाट सुरु गर्ने योजना निर्माता गिरीको छ । सुवासले यसअघि ‘नोभेम्बर रेन, क्लासिक, कृ’ जस्ता सफल सिनेमा निर्माण गरिसकेका छन् । निर्मात गिरीले निर्माण गर्न लागेको नयाँ सिनेमाको वर्किङ टाइटल ‘नन्दुलाल’ जुराइएको छ । सिनेमा निर्माणको बिषयमा गिरीले भने–‘हो, हामी नयाँ सिनेमाको कथामा काम गरिरहेका छौं । यसपटक सामाजिक बिषयवस्तुमा सिनेमा निर्माण गर्ने तयारी सुवास इन्टरटेन्मेन्टले गरेको छ ।’सिनेमाको निर्देशन निर्माता गिरी आफैले गर्ने सोच उनले बनाएका छन् । तर, अहिलेसम्म निर्देशक गर्ने पक्का भने भैसकेको छैन् । ‘सामाजिक कथा भएकाले पनि आफैले निर्देशन गर्ने सोच बनाएको हुँ, सिनेमाको कथा फाइनल भैसकेको छैन्, कथा अनुसार आफुले निर्देशनमा टिमबाट राम्रो काम निकाल्न सक्छु जस्तो लाग्यो भने निर्देशन गर्छु’, उनले सुनाए ।