सुष्माको मुख्य भुमिकामा ‘फटाहा फणिन्द्रे’को निर्माण घोषणा

सुष्माको मुख्य भुमिकामा ‘फटाहा फणिन्द्रे’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो सिनेमा ‘फटाह फणिन्द्रे’को निर्माण घोषणा गरिएको छ । अरुण खड्काको लगानीमा निर्माण हुने सिनेमालाई स्वयंम खड्काले निर्माण गर्नेछन् । उनले यसअघि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही सिनेमा निर्माण गरेका थिए । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको सिनेमा कमेडी जनरा निर्माण हुन लागेको छ । सिनेमाको छायाँकन आगामी कात्र्तिकबाट सुरु हुनेछ ।अरुण यसै सिनेमाबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । सिनेमा निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्द्रे’मा खन्याउन लागेको खड्काको भनाई छ । ‘केही दिन अरुको सिनेमा सुटिङ हेरेर धेरै निर्देशक भएका छन्’ खड्काले भने ‘म त यो क्षेत्रमा एक दशकदेखि छु ।’ अहिले बनिरहेको भन्दा फरक र सबैले मन पराउने सिनेमा आफुले निर्माण गर्ने विश्वास खड्कालाई छ ।हुन त केही पहिले घोषणा भएको यो सिनेमाका लागि अहिलेसम्म मुख्य अभिनेत्रीको रुपमा सुष्मा कार्कीलाई फाइनल भएकी छन् । सिनेमामा चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने छ । सिनेमाका अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने निर्माता तथा निर्दे अरुण खड्काले जानकारी दिए । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ ।