‘न यता न उता’को प्रचार प्रसारमा व्यस्त ऋचा (फोटो फिचर)

‘न यता न उता’को प्रचार प्रसारमा व्यस्त ऋचा (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ऋचा शर्मा स्टारर सिनेमा ‘न यता न उता’ प्रदर्शनको तयारीमा रहेको छ । आगामी साउन १७ गतेबाट प्रदर्शन हुने सिनेमाको निर्माण टिम यतीबेला प्रचार प्रसारमा व्यस्त छ । पटक पटक सिनेमाको प्रदर्शन मिति परिर्वतन गर्दै आएको निर्माण टिमले साउन १७ लाई प्रदर्शन मिति तय गरेसँगै प्रचार प्रसारलाई तीब्र गतीमा अघि बढाइरहेको छ ।लन्डनबाट नेपाल पुगेका दुई अर्धबैंशे नेपालीले बिहेको लागि गर्ने संघर्ष सिनेमाको मूल कथा हो । समीर दिक्षित, ऋचा शर्मा, छुल्ठिम गुरुङ र मिराज रोषले मुख्य भूमिका निर्वाह गरेको सिनेमामा बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय छ ।मिराज रोषको कथा र पटकथा रहेको सिनेमामा अभिमन्य निरवीको संवाद छ । रीना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्यले लगानी गरेका छन् । अरोन अशोक कुमारले खिचेको सिनेमामा विपिन मल्लको सम्पादन छ ।