करोड माथि हेरिएका ८ सिनेमा (सुची)

करोड माथि हेरिएका ८ सिनेमा (सुची)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमाको सफलता नाप्ने पहिलो खुड्किलो हल हो । हलमा दर्शकले काटेको टिकटको पैसाले निर्मातालाई मुनाफा दिदैन,  तवसम्म सिनेमा सफल भएको मानिदैन । डिजिटल, ओभरसिज राइटबाट कमाइने पैसा मात्र निर्माताको गोजी भर्नको लागि हो । यसले बक्सअफिससँग कुनै सरोकार राख्दैन ।

दशक अगाडीसम्म हल पश्चात डिभिडीमा सिनेमा बिक्री गरिन्थ्यो । अहिले युट्युब र अनलाइनबाट बेचिन्छ । अनलाइनबाट सिनेमा हेर्ने परम्परा बस्दै गर्दा नेपालीले सर्वाधिक सिनेमा हेर्ने माध्यम युट्युब नै बनेको छ ।

‘छक्का पन्जा’ जस्तो ब्लकबस्टर सिनेमालाई हलमा जम्मा ३ लाख दर्शकले हेरेका थिए । त्यहि फिल्मलाई युट्युबमा हेर्नेको संख्या १ करोड ६३ लाख छ । ३ करोड जनसंख्या भएको देशमा यति बिघ्न सिनेमा हेरिनु पक्कै पनि आश्चर्यको विषय नै हो ।

अहिले हलमा सुपरफ्लप भएका सिनेमालाई पनि युट्युबमा लाखौँ पटक हेरिदिन्छन् दर्शकले । आज हामि युट्युबमा सर्वाधिक सफल ८ सिनेमाको बारेमा जानकारी दिन्छौँ । जो सिनेमा करोडौँ पटक हेरिएका छन् ।

प्रेमगीत

भ्युज: १ करोड ८० लाख
लाइक प्रतिशतमा: ९०.३४
निर्देशक सुदर्शन थापा
कलाकार: पूजा शर्मा, प्रदीप खड्का
युट्युब च्यानल: ओएसआर डिजिटल
रिलिज डेट/अवधि: सन् २०१६ जुन १७ (३ वर्ष १ महिना बढी)

छक्का पन्जा

भ्युज: १ करोड ६३ लाख
लाइक प्रतिशतमा: ८६.९९
निर्देशक: दीपाश्री निरौला
कलाकार: दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे
युट्युब च्यानल: हाइलाइट्स नेपाल
रिलिज डेट/अवधि: सन् २०१७ जनवरी १३ (२ वर्ष ६ महिना बढी)

नाइँ नभन्नु ल ४

भ्युज: १ करोड ३८ लाख
लाइक प्रतिशतमा: ८९.४३
निर्देशक: बिकाशराज आचार्य
कलाकार: प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह, वर्षा राउत, आँचल शर्मा
युट्युब च्यानल: बुढासुब्बा डिजिटल
रिलिज डेट/अवधि: सन् २०१६ अक्टुबर २९ (२ वर्ष ९ महिना)

ए मेरो हजुर २

भ्युज: १ करोड ३२ लाख
लाइक प्रतिशतमा: ९२.०९
निर्देशक: झरना थापा
कलाकार: साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत
युट्युब च्यानल: बुढासुब्बा डिजिटल
रिलिज डेट/अवधि: सन् २०१८ नोभेम्बर २ (८ महिना २६ दिन)

नाइँ नभन्नु ल ५

भ्युज: १ करोड १४ लाख
लाइक प्रतिशतमा: ९२.०५
निर्देशक: बिकाशराज आचार्य
कलाकार: प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रीना शर्मा, अभिषेक नेपाल
युट्युब च्यानल: बुढासुब्बा डिजिटल
रिलिज डेट/अवधि: सन् २०१९ जुन ८ (१ महिना २० दिन)

झोले

भ्युज: १ करोड ११ लाख
लाइक प्रतिशतमा: ८३.४१
निर्देशक: दीपेन्द्र के खनाल
कलाकार: दयाहाङ राई, प्रियंका कार्की
युट्युब च्यानल: म्यजिक नेपाल
रिलिज डेट/अवधि: सन् २०१४ अक्टुबर १५ (४ वर्ष ९ महिना)

https://youtu.be/14UsqX0RNto

प्रेमगीत २

भ्युज: १ करोड १० लाख
लाइक प्रतिशतमा: ९०.४७
निर्देशक: रामशरण पाठक
कलाकार: प्रदीप खड्का, अश्लेशा ठकुरी
युट्युब च्यानल: हाइलाइट्स नेपाल
रिलिज डेट/अवधि: सन् २०१८ नोभेम्बर २५ (८ महिना ३ दिन)

हामि तीन भाई

भ्युज: १ करोड
लाइक प्रतिशतमा: ८५.२८
निर्देशक: शिव रेग्मी
कलाकार: राजेश हमाल, झरना थापा, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, निखिल उप्रेती, नन्दिता केसी
युट्युब च्यानल: म्युजिक नेपाल
रिलिज डेट/अवधि: सन् २०१४ अगस्त १२ (करिब ५ वर्ष)

(सन् २०१९ जलाई २८ सम्मको रेकर्ड)