anmol jasita

नेपाली सिनेमाको भारतमा सहज सेन्सर

नेपाली सिनेमाको भारतमा सहज सेन्सर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र निर्माता संघको सक्रियतामा नेपाली सिनेमा भारतमा सहज सेन्सर हुने भएको छ । सन् २०१७ जुलाई ९ मा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली फिल्मको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र बुझाएका थिए । नेपाली सिनेमा भारता सहज सेन्सरलाई नेपाल चलचित्र निर्माता संघको ठूलो सफलता मानिएको छ ।

शुक्रबारबाट भारतीय सेन्सर बोर्डले नेपाली सिनेमाको सेन्सरका लागि सहज व्यवस्था मिलाएको निर्माता संघका अध्यक्षले आकाश अधिकारीले बताए । नेपाली सिनेमाको भारतमा सेन्सर गर्न अब नेपाली निर्माताले अनेकन झमेला झेल्नु पर्ने अवस्थाको अन्त्य भएको निर्माता संघले जनाएको छ । अब नेपाली सिनेमा सेन्सरका लागि अनलाइनबाट डेट लिन सकिने र नेपाली भाषाको स्क्रिप्ट नै सेन्सरका लागि समावेश गर्न सकिने संघका अध्यक्ष अधिकारीले बताए ।सेन्सरको डरले सिनेमा निर्माता निर्देशकले स्वतन्त्र रुपमा काम गर्न नसकिरहेको चर्चा बेला बखत नेपाली सिनेमा क्षेत्रमा चल्ने गर्छ । यस्तो अवस्थामा नेपाली सिनेमाको भारतमा भने सहज रुपमा सेन्सर हुने खबरले धेरै सिनेमा मेकरलाई खुशी बनाएको छ । निर्माता, वितरकमध्ये कोही मुम्बई नगएर पनि भारत सेन्सर गर्न सकिने व्यवस्था निर्माता संघले मिलाएको अध्यक्ष अधिकारी भनाई छ । यसअघि नेपाली सिनेमा भारतमा सेन्सर गर्न नेपाली सिनेमा मेकरले निकै झमेला बेहोर्दै आउनु परेको थियो ।