द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र निर्माता संघको सक्रियतामा नेपाली सिनेमा भारतमा सहज सेन्सर हुने भएको छ । सन् २०१७ जुलाई ९ मा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली फिल्मको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र बुझाएका थिए । नेपाली सिनेमा भारता सहज सेन्सरलाई नेपाल चलचित्र निर्माता संघको ठूलो सफलता मानिएको छ ।
शुक्रबारबाट भारतीय सेन्सर बोर्डले नेपाली सिनेमाको सेन्सरका लागि सहज व्यवस्था मिलाएको निर्माता संघका अध्यक्षले आकाश अधिकारीले बताए । नेपाली सिनेमाको भारतमा सेन्सर गर्न अब नेपाली निर्माताले अनेकन झमेला झेल्नु पर्ने अवस्थाको अन्त्य भएको निर्माता संघले जनाएको छ । अब नेपाली सिनेमा सेन्सरका लागि अनलाइनबाट डेट लिन सकिने र नेपाली भाषाको स्क्रिप्ट नै सेन्सरका लागि समावेश गर्न सकिने संघका अध्यक्ष अधिकारीले बताए ।
सेन्सरको डरले सिनेमा निर्माता निर्देशकले स्वतन्त्र रुपमा काम गर्न नसकिरहेको चर्चा बेला बखत नेपाली सिनेमा क्षेत्रमा चल्ने गर्छ । यस्तो अवस्थामा नेपाली सिनेमाको भारतमा भने सहज रुपमा सेन्सर हुने खबरले धेरै सिनेमा मेकरलाई खुशी बनाएको छ । निर्माता, वितरकमध्ये कोही मुम्बई नगएर पनि भारत सेन्सर गर्न सकिने व्यवस्था निर्माता संघले मिलाएको अध्यक्ष अधिकारी भनाई छ । यसअघि नेपाली सिनेमा भारतमा सेन्सर गर्न नेपाली सिनेमा मेकरले निकै झमेला बेहोर्दै आउनु परेको थियो ।


प्रतिक्रिया