निलो कोटमा सजिएका स्टाइलिस आर्यन (फोटो फिचर)

निलो कोटमा सजिएका स्टाइलिस आर्यन (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चक्लेटी अभिनेता आर्यन सिग्देल अहिले प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हजार जुनीसम्म’को पखाईमा छन् । शुक्रबार सार्वजनिक गरिएको सिनेमाको ट्रेलरबाट दर्शकले आर्यनको लुक्स र अभिनयको तारिफ भैरहेको छ । महँगो पारिश्रमिक लिएर लामो समय पश्चात होम प्रोडक्सन भन्दा बाहिरी व्यानरको सिनेमामा काम गरेका छन् । यसैले पनि आर्यनको लागी ‘हजार जुनीसम्म’ हिट हुनु पर्ने चुनौती पनि रहेको छ ।यस्तै, आर्यन अभिनीत अर्को सिनेमा ‘च च हुई’ आगामी मंसिर ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । सामतेन भुटियाले निर्देशनमा निर्माण भएको सिनेमा ‘च च हुई’मा आर्यनको जोडी अभिनेत्री मिरुना मगरसँग बाधिएको छ । विकास राज आचार्यको निर्देशनमा निर्माण भएको सिनमा ‘हजार जुनीसम्म’मा आर्यनको जोडी भन्ने सार्वजनिक ट्रेलरमा समेत खुलाइएको छैन् । यो सिनेमा साउन ३० गतेबाट प्रदर्शनको लागी तयार छ ।एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा संचिता लुइँटेल, प्रियंका कार्की,  शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । विकास राज आचार्यको निर्देशनमा निर्माण भएको सिनेमामा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । कविता रेग्मी हजार जुनीसम्मकी कार्यकारी निर्माता हुन् ।