ह्याण्डसम हंक सुशील र बोल्ड रुबिना

ह्याण्डसम हंक सुशील र बोल्ड रुबिना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘होस्टेल रिटर्न्स’बाट अभिनेताको रुपमा डेब्यु गरेका सुशील श्रेष्ठ अनलक्की हुन् भन्दा हुन्छ । सिनेमा क्षेत्रमा राम्रो सम्भावना देखाएका सुशीलको पछिल्ला दुई सिनेमा असफल छन् । तर, अब असफलताको सृंखलालाई तोड्ने दाउमा छन् ।

यिनै ह्याण्डसम हंकको नयाँ सिनेमा ‘लभ डायरिज’ असोज ३ मा रिलिज हुँदैछ । दर्शकलाई ताजगीपन दिन सिनेमामा भिन्न अवतारमा प्रस्तुत भएका छन् । सोमबार सार्वजनिक पहिलो गीतले सिनेमाप्रतिको आशा देखाएको छ ।

भलै गीतमै भएपनि उनि खरो उत्रिएका छन् । डेब्यु सिनेमा पश्चात ‘कारखाना’ र ‘सायद २’ले सुशीललाई राहत दिएन । अब पूर्ण रुपमा ‘लभ डायरिज’मा उनको आँखा गाडिएको छ ।

यो सिनेमामा सुशीलको अपोजिट रुबिना थापा प्रस्तुत भएकी छन् । उनको लागि यो डेब्यु सिनेमा हो । सुन्दरताकी धनि रुबिनाले गीतमा गरेको पर्फर्मेन्सको आधारमा उनिबाट आशा गर्न सकिन्छ ।

सोमबार गीत रिलिजको लागि आयोजना गरिएको कार्यक्रममा दुवैले मिडियाको ध्यान केन्द्रित गरे । कालो पहिरनमा सुशीलको सुगठित शरीर फिट देखिएको थियो भने, वानपिसमा रुबिनाको कामुकता छल्किएको थियो ।

तस्विर: आर्यन बिमली