अशिनको निर्देशनमा अर्पण र प्रविनको ‘आधा सुर’ निर्माण घोषणा

अशिनको निर्देशनमा अर्पण र प्रविनको ‘आधा सुर’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अशिन पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा ‘आधा सुर’को निर्माण घोषणा गरिएको छ । सपनासँग जोडिएको जिन्दगीको कथामा निर्माण हुने सिनेमाको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । भदौ दोस्रो साताबाट छायांकन सुरु हुने सिनेमा काठमाडौंमा र पोखरामा खिचिनेछ ।सिनेमामा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीको अभिनय रहनेछ । यो सिनेमाबाट मोहन जैशीले अभिनयमा डेब्यू गर्दैछन् । निर्देशक पौडेलका अनुसार, सिनेमाका लागि एक अभिनेत्रीको खोजी भइरहेको छ । उनले केही दिनमा लिड अभिनेत्रीको टुंगो लाग्ने आयोजित पत्रकार सम्मेलनमा बताए ।निर्देशक पौडेलले पहिलो पटक फिचर सिनेमा निर्देशन डेव्यु गर्न लागेका हुन् । उनी ‘आधा सुर’ लाई स्तरिय बनाउने सवालमा कुनै कसर बाँकी नछाड्ने बताउँछन् । कलाकार मध्येका एक प्रविणले सिनेमाको कथावस्तुले आफूलाई आकर्षित गरेको बताए । त्यस्तै, अभिनेत्री सरिताले सिनेमाको आफ्नो भूमिका दर्शकलाई मनपर्ने बताइन् ।फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाको कथा सौरभ कार्कीले तयार पारेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा निर्देशक पौडेलले सघाएका छन् । विष्णु घिमिरे ‘कल्पित’ ले छायाँकन गर्ने सिनेमामा रोशनराज थापाको संगीत र केशव रानाको सम्पादन रहने छ ।