निश्चल र स्वस्तिमालाई ‘आर्दश जोडी सम्मान २०७६’

निश्चल र स्वस्तिमालाई ‘आर्दश जोडी सम्मान २०७६’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई ‘आर्दश जोडी सम्मान २०७६’ बाट सम्मान गर्न लागीएको हो । नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा सिनेमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान गरिने छ ।ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा यही साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा उक्त कार्यक्रम हुनेछ । ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले बताएकी छन् ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्यक्रमको उद्घाटन साउन १६ गते दिउँसो साढे ३ बजे गर्नेछन् । ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको छ । यो संस्थाले हरेक वर्षको तिजमा विभिन्न सांस्कृति कार्यक्रमसँगै एक आर्दश जोडीलाई सम्मान पनि गर्दै आइरहेको छ ।