राजेश हमालको तुलना अमिताभ बच्चनसँग

राजेश हमालको तुलना अमिताभ बच्चनसँग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतको लोकप्रिय संचार माध्यम ‘आज तक’ले नेपाली अभिनेता राजेश हमालको बारेमा विशेष आर्टिकल लेखेको छ ।

आज तकको अनलाइन संस्करणमा राजेशलाई बलिउड महानायक अमिताभ बच्चनसँग तुलना गरिएको छ । प्रिया शांडील्य लेखेको उक्त लेखमा भनिएको छ , ‘नेपाली सिनेमामा अमिताभ बच्चनको रुपमा लोकप्रिय अभिनेता राजेश हमाल भारतीयको लागि त्यहि चर्चित अनुहार होइनन् । तर, राजेश नेपालको एस्तो सुपरस्टार हुन्, जसलाई महानायकको उपाधि मिलेको छ ।’

‘५५ वर्षका राजेशको नेपालमा यस्तो स्टारडम छ । जो बलिउडमा अमिताभ र शाहरुख खानको हुने गर्दछ । परिवारको इछ्या विपरित गएर अभिनय यात्रा थालेका राजेशलाई यो पहिचान बनाउन ठुलै संघर्ष गरेका छन् । आउनुहोस्, जान्नुहोस नेपालको महानायकको बारेमा केहि रोचक तथ्य ।’

उसले राजेशको करिअरदेखि व्यक्तिगतसम्मको रोचक कुराहरु समेटेको छ । कपालको शोखिन राजेशले आफ्नो पिता बित्दा, टाउको मुण्डन नगरेकोसमेत उल्लेख गरेको छ ।

यी हुन् नेपाली सिनेमाको अमिताभ बच्चन, २२ वर्ष कम उमेरकी मोडलसँग गरेका थिए विवाह’ आज तकले शिर्षक लेखेको छ ।

पछिल्लो पटक २०१६ को ‘बिजुली मेसिन’मा अभिनय गरेका हमाल अहिले काँचको पर्दादेखि टाढा छन् । रियालिटी शो ‘को बन्छ करोडपति’ होस्ट गरिरहेका राजेशको फिल्म दर्शकले पर्खिबसेका छन् ।