‘मारुनी’ अफिसियल पोस्टरमा रेविकाको इन्ट्री

‘मारुनी’ अफिसियल पोस्टरमा रेविकाको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यसपालीको तीज लक्षित गरिएको भदौ १३ को रिलिज डेट चर्चामा छ । कारण, तीजको विदा खान नेपाली सिनेमाको बलिउडसँगको लुकामारी ।

भारतीय सिनेमा ‘साहो’को कारण यो मितिबाट ‘कबड्डी कबड्डी कबड्डी’ले ठाउँ छोडिसकेको छ । भने, नेपाली सोलो रिलिज अन्तर्गत ‘मारुनी’ हलचल  भएको छैन । अब यो मितिमा ‘मारुनी’ एकल रिलिज हुनेछ ।

विहिबार सिनेमाको दुई अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । ‘कलर अफ लाइफ’ उपशिर्षक दिइएको पोस्टरमा पहिलो पटक डेब्यु अभिनेत्री रेविका गुरुङ पनि अटाएकी छन् । कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का सिनेमाको लिड हुन् ।

त्रिकोणात्मक प्रेमकथालाई नवल नेपालले निर्देशन गरेका हुन् । नेपाल निर्देशित पछिल्लो सिनेमा ‘मङ्गलम’ले निक्कै प्रसंशा भेटेको थियो । पोस्टर रिलिज गरेसँगै निर्देशक नेपालले सिनेमाको कथाबस्तु खोलेका छन् । सिनेमाले महिला-महिला बीचको कथा बोल्छ ।पुनम गौतमले निर्माण गरेको सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको सिनेमामा दीपक बज्राचार्य/अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल/नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।