फ्राईडे रिलिज : हलमा ‘न यता न उता’ र ‘रातो गलबन्दी’

फ्राईडे रिलिज : हलमा ‘न यता न उता’ र ‘रातो गलबन्दी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ पश्चमत नेपाली सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । तरपनि हरेक हप्ता एक वा दुई नयाँ सिनेमा हलमा रिलिज भैरहेकै छन् । आज शुक्रबारबाट दुई नयाँ सिनेमा ‘न यता न उता’ र ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका छन् । यी दुई सिनेमामा नेपाली सिनेमा क्षेत्रमा राम्रो अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिएका अभिनेत्री ऋचा शर्मा र केकी अधिकारीको अभिनय रहेको छ ।

कमेडी कथामा निर्माण भएको सिनेमा ‘न यता न उता’ मा अभिनेत्री ऋचा शर्मा र ‘रातो गलबन्दी’ मा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ । ऋचा शर्मा अभिनित सिनेमा ‘न यता न उता’को विहिबार राधानीमा आयोजना गरिएको प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रिमियरमा सिनेमा हेरेर निश्केका सिनेकर्मी र पत्रकारले फरक कथावस्तुमा निर्माण भएको उत्कृष्ट सिनेमा ‘न यता न उता’ सम्पुर्ण दर्शकले हेर्न पर्ने बताए ।

लण्डनकाट बिहे गर्न नेपाल फर्केका दुई अर्धबैशे पुरुषको जीवनमा आउने उतार चढावको कथा वाचन गर्ने ‘न यता न उता’ मा मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय छ । मिराज रोश र बिशारद बस्नेतले मिलेर सिनेमा निर्देशन गरेका हुन् । सामान्य प्रचार प्रसारमा यो सिनेमा प्रदर्शनमा आएको हो ।

यो सिनेमालाई साउथ इण्डियन क्यामेरामेन अरोन अशोक कुमारको छायांकन गरेका हुन् । प्रिमियरमा सिनेमा हरेका दर्शक तथा सिनेमाकर्मीले उनको छायाँकन पाटोलाई उत्कृष्ट बोलेका छन् । सिनेमामा दुई अर्धबैशे पुरुषको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मिराजले बताए । यस सिनेमाले उठाएको कथा नेपाली सिनेमामा नै पहिलो पटक रहेको उनको भनाई छ । रिना लामा सिनेमाकी कार्यकारी निर्माता हुन् ।

त्यस्तै, बिना प्रचार प्रदर्शनमा आएको अर्को सिनेमा ‘रातो गलबन्दी’ मा केकी अधिकारीले कोशिश क्षेत्रीसँग स्क्रिन सेयर गरेकी छन् । अनिश थापाले सिनेमाको निर्देशन गरेका हुन् । बुद्धि तामाङको पनि मुख्य भुमिका रहेको सिनेमाको कथा किरण माइकलले लेखेका हुन् । सुमन तामाङले छायाँकन गरेको सिनेमाका कार्यकारी निर्माता प्रकाश दुलाल हुन् । भने, बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह-निर्मातामा रहेका छन् । सिनेमाको कथा हिमाल कडरियाले लेखेका हुन् ।