‘आदर्श जोडी सम्मान २०७६’बाट निश्चल र स्वस्तिमा सम्मानित

‘आदर्श जोडी सम्मान २०७६’बाट निश्चल र स्वस्तिमा सम्मानित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई ‘आदर्श जोडी सम्मान २०७६’ बाट सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै यो जोडीलाई सम्मान गरिएको हो ।श्रीमान-श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको जोडीलाई हरेक बर्ष आयोजना हुने तीज कार्यक्रममा सम्मानित गरिने र आजसम्म निरन्तर गरिँदै आएको आयोजक संस्था ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मिना कुमारी रिमालले बताईन् । सात बर्षदेखी हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस बर्षदेखी ’सबैको लागि मनोरञ्जन र उत्सव’ भन्ने उद्देश्यसहित खुल्ला रुपमा मेला सहित निःशुल्क प्रवेश सहित शुरु गरिएको रिमालको भनाई छ ।तीज माईति मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमूख अतिथी थिए भने प्रमूख जिल्ला अधिकारी प्रेमराज जोशी बिशिष्ट अतिथी थिए । कार्यक्रमा बोल्दै मेयर महर्जनले यस प्रकारका कार्यक्रमहरुले नेपालको साँस्कृतिक महत्वलाई जोगाईराख्ने बिश्वास व्यक्त गरे । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर, बिभिन्न प्रख्यात कलाकारहरु लगायतको पनि उपस्थिती तथा प्रस्तुती रहेको थियो ।तीज मेलाको आयोजना ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो । कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो । तीज माईती मेला श्रावण १८ गतेसम्म चल्ने बताईएको छ ।