प्रिमियर शोमा रुचाइयो ‘न यता न उता’ (फोटो फिचर)

प्रिमियर शोमा रुचाइयो ‘न यता न उता’ (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट मल्टिस्टारर सिनेमा ‘न यता न उता’ प्रदर्शनमा आएको छ । यो सिनेमा रिलिजको पूर्व सन्धयामा प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमा निर्माण टिम र पत्रकारको उपस्थितिमा आयोजित प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमा हेरेर हलबाट निस्किदै गर्दा अधिकांश सिनेमाकर्मी र पत्रकारले ‘न यता न उता’ फरक विषय बस्तु माथी निर्माण भएको उत्कृष्ट सिनेमा रहेको बताए ।लण्डनकाट बिहे गर्न नेपाल फर्केका दुई अर्धबैशे पुरुषको जीवनमा आउने उतार चढावको कथा वाचन गर्ने ‘न यता न उता’ मा मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय छ । मिराज रोश र बिशारद बस्नेतले मिलेर सिनेमा निर्देशन गरेका हुन् । सामान्य प्रचार प्रसारमा यो सिनेमा प्रदर्शनमा आएको हो ।यो सिनेमालाई साउथ इण्डियन क्यामेरामेन अरोन अशोक कुमारको छायांकन गरेका हुन् । प्रिमियरमा सिनेमा हरेका दर्शक तथा सिनेमाकर्मीले उनको छायाँकन पाटोलाई उत्कृष्ट बोलेका छन् । सिनेमामा दुई अर्धबैशे पुरुषको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मिराजले बताए । यस सिनेमाले उठाएको कथा नेपाली सिनेमामा नै पहिलो पटक रहेको उनको भनाई छ । रिना लामा सिनेमाकी कार्यकारी निर्माता हुन् ।मिराज रोषको कथा र पटकथा रहेको सिनेमामा अभिमन्य निरवीको संवाद छ । सिनेमामा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्यले लगानी गरेका छन् । सिनेमामा विपिन मल्लको सम्पादन छ ।

तस्वीर: उद्धव रसाईली