‘सेल्फी किङ’मा विपिन फाइनल, ‘प्रसाद’ टिमसँग दोस्रो सहकार्य

‘सेल्फी किङ’मा विपिन फाइनल, ‘प्रसाद’ टिमसँग दोस्रो सहकार्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राष्ट्रिय अवार्ड विजेता अभिनेता विपिन कार्की नयाँ सिनेमामा अनुबन्धित भएका छन् । सुवास थापा र दिनेश राउतले निर्माण गर्ने सिनेमा ‘सेल्फी किङ’मा उनि अनुबन्धित भएका हुन् ।भदौ १० देखि जुम्लामा छायाँकन हुने सिनेमालाई बिशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकामा सिनेमा मेकिङको पढाइ सकाएर नेपाल ल्याण्ड भएका सापकोटाले ‘आइ एम सरी’ सिनेमामा अभिनेता आर्यन सिग्देलको भाईको भूमिकामा अभिनय पनि गरिसकेका छन् ।

सिनेमामा दुई अभिनेत्री हुनेछन । जसको लागि टिमले स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग कुरा गरिरहेको छ । सिनेमाको कथा विपिनको वरिपरि घुम्ने बताइएको छ । स्वस्तिमा र लक्ष्मीको जोडीलाई सिनेमा ‘बुलबुल’मा अत्याधिक रुचाइएको थियो ।

यो जर्नी कथासँगै सुवास, दिनेश र विपिनको दोस्रो सहकार्य सम्भव भएको छ । यी तीनको सहकार्यमा गत वर्ष सिनेमा ‘प्रसाद’ सफल भएको थियो । विपिनले ‘प्रसाद’बाटै उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका थिए ।